arrow

रेडियो भेडेटारको परिक्षण प्रशारण शुरु

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
radio-province-1.jpg

धनकुटा। धनकुटाबाट प्रशारण शुरु भएको रेडियो भेडेटारको आज धनकुटामा रेडियो भेडेटारका अध्यक्ष दिनेश राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई लगायतले विशेष समारोहका विच संयूक्त रुपमा प्रत्यक्ष प्रशारण मार्फत शुभ कामना दिई परिक्षण प्रशारणको शुभारम्भ भयो।

रेडियो संचालन समितिका अध्यक्ष दिनेश राईको अध्यक्षतामा सम्पन्न भएको परिक्षण प्रशारण शुभारम्भ कार्यक्रममा रेडियोको वारेमा स्टेशन म्यानेजर खगेन्द्र घिमिरेले जानकारी दिएका थिए। प्ररिक्षण प्रशारण कार्यक्रम समारोहको  संचालन समितिका सचिव झमक कटुवालले गरे र प्रत्यक्ष परिक्षण कार्यक्रमको संचालन भने संचालक माधव गुरागाईले गरेका थिए। 

रेडियो भेडेटार धनकुटाले धनकुटा नगरपालिका वडा नं. ७ को मगर टोलमा कार्यालय स्थापना गरी ९१ मेघाहजमा आज देखी परिक्षण प्रशारण शुरु गरेको हो। केही दिन पछि देखी भेडेटारमा टावर स्थापना गरी रेडियो भेडेटारले त्यहाबाट पनि प्रशारण गरी एक नम्वर प्रदेशभरी नै प्रशारण गरी रेडियो सुनाउने योजना रहेको स्टेशन म्यानेजर खगेन्द्र घिमिरेले बताए।

परिक्षण प्रशारण शुभारम्भ कार्यक्रममा रेडियोका संचालकहरु, पत्रकारहरु, उद्यमी व्यपारी तथा व्यापारीहरुको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ