arrow

बाफ्टामा पनि छाए लियोनार्दो(विजेताको सूची)

फिल्मका लागि लियोनार्दोले बेष्ट एक्टर र निर्देशक एलेजेण्ड्रो जी इनयारिटुले फिल्मका लागि सर्वश्रेष्ठ निर्देशकको अवार्ड चुमे ।

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
Bafta.jpg.jpeg
लण्डन । रोयल ओपेरा हाउसमा आइतबार बेलुका आयोजित ब्रिटिस एकाडेमी फिल्म र टेलिभिजन आर्टस पुरस्कार (बाफ्टा)मा हलिउड अभिनेता लियोनार्दो डिकेप्रियो अभिनित फिल्म ‘द रेवेनेन्ट’ उत्कृष्ठ बनेको छ । फिल्मका लागि लियोनार्दोले बेष्ट एक्टर र निर्देशक एलेजेण्ड्रो जी इनयारिटुले फिल्मका लागि सर्वश्रेष्ठ निर्देशकको अवार्ड चुमे । लियोनार्दोले यसै फिल्मबाट यसअघि पनि अन्य अवार्ड चुमिसकेका छन् ।

निर्देशक इनयारिटुले लियोनार्दोको प्रतिभा र जोखिम कामको कारण फिल्म जिउँदो बनेको प्रतिक्रिया दिए ।  फिल्म ‘रुम’का लागि अभिनेत्री ब्री लार्सनले सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जितिन् । ‘मैड मेक्सःफ्युरी रोड’ले मेकअप एण्ड हेयर, सम्पादन, कष्ट्युम र प्रोडक्सन डिजाइनमा चार अवार्ड पोल्टामा पा¥यो । ‘टाइटानिक’बाट चिनिएकी अभिनेत्री केट विन्सलेटले स्टीब जब्सको बायोपिकका लािग सर्वश्रेष्ठ सहायक अभिनेत्रीको अवार्ड पाईन् । उनले पुरस्कार पाए पछि यो वर्ष महिलाका लागि असाधारण रहेको बताईन् ।

कोम टाइबिनको उपन्यास ब्रुकलिनमा आधारित फिल्म ‘ब्रुकलिन’ले उत्कृष्ट ब्रिटिस फिल्म पुरस्कार पायो भने सर्वश्रेष्ठ वृत्तचित्रको पुरस्कार दिवंगत गायिका एमी वाइनहाउसमा आधारित वृत्तचित्र एमीले कुम्ल्यायो । वृत्तचित्रका निर्देशक आसिफ कपाडियाले एमीको प्रतिभा र बुद्धिमानी कतिसम्म थियो भन्न बारेमा वृत्तचित्रमा देखाएको बताए ।

विजेताहरु
फिल्मः द रेभनेन्ट
निर्देशकः एलेजान्द्रो जि इनारितु, द रेभनेन्ट
आउटस्ट्यान्डिङ् ब्रिटिस फिल्मः ब्रुकलिन
सपोर्टिङ् एक्टरः मार्क रेलान्स, ब्रिज अफ स्पाइज
सपोर्टिङ् एक्ट्रेस्ः केट विन्सलेट, स्टिभ जब्स
एक्टरः लियोनार्दो डि क्याप्रियो, द रेभनेन्ट
एक्ट्रेसः ब्रेइ लार्सन, रूम
ओरजिनल स्क्रिनप्लेः स्पटलाइट
एबेप्टेड स्क्रिनप्लेः द बिग सट
स्पेसल भिज्वल इफेक्ट्सः स्टार वार्सस् द फोर्स अवेकन्स
इइ राइजिङ स्टार अवार्डः जोन बोयगा
सिनेम्याटोग्राफीः द रेभनेन्ट
साउन्सः द रेभनेन्ट
आउटस्ट्यान्डिङ डेब्यू बाइ अ ब्रिटिस राइटर, डिरेक्टररप्रोडियूसरः थेब
एनिमेटेड फिल्मः इनसाइड वाउट
ब्रिटिस एनिमेटेड सर्ट फिल्मः एडमोड
सर्ट फिल्मः अपरेटर
कस्टियूम डिजाइनः म्याड म्याक्सः फ्यूरि रोड
एडिटिङः म्याड म्याक्सः फ्यूरि रोड
फिल्म नट इन इङ्लिस ल्याङ्वेजः वाइल्ड टेल्स
मेकअप एण्ड हेयरः म्याड म्याक्स, फ्यूरि रोड
ओरेजिनल म्यूजिकः द हेटफूल एट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ