arrow

अर्जुनका लागि करिनाले तोडिन् नो किसिङ पोलिसी नियम

फिल्मको सार्वजनिक तस्वीरमा उनीहरु मस्त किसमा रमाइरहेका छन् ।

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
Karina.jpg.jpeg
मुम्बई । करिना कपुर र सैफ अली खानलाई बलिउडको निकै हट कपलका रुपमा लिईन्छ । सैफसँग विवाह गरेपछि पतिको आग्रहमा फिल्ममा नो किसिङ पोलिसी नियममा बाँधिएकी करिनाले अभिनेता अर्जुन कपुरका लागि उक्त नियम तोडेकी छन् ।

करिनालाई उनको आउन लागेको फिल्म ‘की एण्ड का’को एक दृश्यमा अर्जुनसँग किस गरिरहेको देख्न सकिन्छ । फिल्मको सार्वजनिक तस्वीरमा उनीहरु मस्त किसमा रमाइरहेका छन् ।

सैफसँग विवाह गरेपछि फिल्ममा होस् या बाहिर कुनै पनि स्थनमा नो किसिङ पोलिसी नियमलाई कडासँग लागु गर्ने योजना बनाएकी करिनाले किन उक्त नियमलाई तोडिन त अहिले सबैको चासोको विषय बनेको छ ।

केही उक्त दृश्य मोर्फ या सम्पादन गरिएको बताएका छन् । यस्ता तस्वीरलाई फोटोशपबाट सजिलै बनाउन सकिने भएकाले पनि करिनाको उक्त लुक्सलाई फोटोसपबाट नै बनाइएको अनुमान लगाइएको छ । अप्रिल १ मा रिलिज हुन लागेको यो फिल्ममा अमिताभ बच्चन र जया बच्चन पनि देखिँदैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ