arrow

सुनिताको तीज गीत ‘गाँउ शहर जताततै’ सार्वजनिक

logo
प्रकाशित २०७५ भदौ २ शनिबार
sunita.JPG

काठमाडौं । गायिका सुनिता कट्वालको तीजको नयाँ गीत ‘गाँउ शहर जताततै’ बजारमा आएको छ । गायीका सुनिताको उक्त गीतको भिडियो म्युजिक नेपालको युवटुव मार्फत सार्वजनिक गरिएको हो ।

सुनसरीको इटहरीलाई कर्मथलो बनाएर एक दशक देखि निरन्तर सांगीतिक क्षेत्रमा रहेकी  गायिका सुनिताको यस बर्षको तीज गीतको छाँयाङकन इटहरीमा नै गरिएको थियो ।

संचारकर्र्मी प्रेम अधिकारीको शब्द, बरिष्ठ संगीतकार बलराम समालको संगीत तथा एरेन्ज र गायिका सुनिताको स्वर रहेको गीत समसामयीक परिवेशमा आधारित रहेको छ ।

‘गाउँ शहर जतातजै तिजको लहर आयो , दुःख पीडा बिर्साएर खुसीयाली छायो’बोलको गीत बजारमा आए संगै दर्शकले मन पराएका छन् । तुलसी घिमिरेको कोरियोग्राफ तथा निर्देशनमा बजारमा आएको उक्त  भिडियोमा सुस्मिता कोईराला तथा साथीहरुले अभिनय गरेका छन ।

गीतको छाँयाङकन क्यामराम्यान श्री राईले गरेका छन् । सुनिताले समसामयीक र सामाजिक परिबेश समेटीएको गीत भएकाले दर्शक र श्रोताले मनपराउने दावी गरिन । उनले भनीन‘ गीत युवटुवमा सार्वजनिक भए संगै दर्शकले मन पराएका छन्, गीत रामै चल्छ भन्ने बिश्वास छ । ’

सुनिताले बिगत ४ बर्ष देखि तीजका गीत बजारमा ल्याउदै आएकी छन । बिगतका बर्षमा उनका तीज गीतमा महादेव पुकारिएका थिए भने यसपटक परक प्याट्रनको गीत बजारमा आएको छ ।

गायिका सुनिताका यस अघि नै राष्ट्रिय , आधुनिक गरी एक दर्जनको हाराहारीमा गीत बजारमा आईसकेका छन । गायिका सुनिता इटहरीबाट संचालन गरिएको पाथिभरा रेर्कडिङ स्टुडियोको संचालक तथा रेर्कडिस्ट हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ