arrow

नेपाल विद्युत प्राधिकरण गुल्मीले मनायो आफ्नो ३३ औँ बार्षिक उत्सव

logo
कौरव खत्री,
प्रकाशित २०७५ भदौ २ शनिबार
gulmi-ele.jpg

गुल्मी ।  गुल्मीमा रहेको नेपाल विद्युत प्राधिकरणले आफ्नो  ३३ औँ बार्षिकउत्सव  विविध कार्यक्रम सहित भव्य रुपमा मनाएको छ ।

सोही अवसरमा बोल्दै प्रमुख अतिथि गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले  जनताहरुको  सेवामा प्रतिबद्ध भएर लाग्न र मुस्कान सहितको सेवा प्रवाह गर्न  सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरेका थिए ।

साथै उनले आफ्नो ३३ औँ बर्षमा प्रवेश गर्दा विद्युत चुहावट निकै कम भएकोमा खुशी व्यक्त गरे ।

सोही अवसरमा प्रहरी उपरीक्षक दिपक कुमार बस्नेत,प्रहरी नायव उपरीक्षक दिनेश रायमाझी लगायतको विशेष आतिथ्यता रहेको थियो ।

बार्षिक उत्सवमा  चियर रेस प्रतियोगिता तर्फ विकाश पन्थी प्रथम,घैटोफोर तर्फ शक्क्तिराज घिमिरे प्रथम,  र सोलो बाइक रेस प्रतियोगितामा जितेन्द्र गौतम प्रथम भएका थिए । विजेताहरुलाई प्रमुख जिल्ला अधिकारी पौडेलले पुरस्कार प्रदान गरेका थिए ।

अवसरमा नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका कार्यालय प्रमुख नारायण अर्यालले कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । भने कार्यक्रम नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्दका प्रमुख नारायण अर्यालको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन कार्यालयका सहायक लेखापाल शक्तिराज घिमिरेले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ