arrow

कालीकोट काँग्रेस जिल्ला सभापतिमा बम निर्वाचित

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
congress.jpg.jpeg.jpeg
कालीकोट। नेपाली काँग्रेस कालीकोट जिल्लाको छैटौँ जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा हर्षबहादुर बम निर्वाचित हुनुभएको छ ।
 
आज बिहान सम्पन्न मतगणनाबाट कुल मत २७२ मध्ये बमले १४४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी कालीबहादुर सहकारीले १२८ मत प्राप्त गर्नुभएको छ।
 
त्यस्तै जिल्ला सचिवमा नन्दबहादुर सिंह विजयी हुनुभएको छ। उपाध्यक्षमा मनराज शाही विजयी हुनुभयो।
 
त्यसैगरी महाधिवेशन प्रतिनिधिहरु खुल्लातर्फ मोतीराज बम, मानबहादुर रोकाय, दानबहादुर बम, हिक्मत विष्ट विजयी हुनुभएको छ।
 
महिलामा धर्मा शाही, दलितबाट कर्णवीर टमटा, जनजातिबाट भीम लामालगायत ११ जना निर्वाचित हुनुभएको जिल्ला निर्वाचन अधिकृत देवेन्द्र शर्माले जानकारी दिनुभयो। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ