arrow

पाल्पाका प्रहरी, प्रशासन प्रमुखलाई रानपाद्धारा स्वागत तथा सम्मान

logo
सीता डोटेल,
प्रकाशित २०७५ भदौ २ शनिबार
palpa-head.jpg

रामपुर पाल्पा । रामपुर नगरपालिकाले जिल्लामा सरुवा भएर आएका पाल्पाका बिभिन्न कार्यालय तथा सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

रामपुर नगरपालिकामा भएको सम्मान तथा अन्तरक्रियामामा भर्खरै सरुवा भई गृहजिल्ला आएका पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, प्रहरी उपरीक्षक बिश्वमणि पोखरेल, सशस्त्रका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद खनाल, प्रदेश सांसद युबराज खनाल, पुर्व शिक्षा तथा स्वास्थ्य सचिव शान्ता बहादुर श्रेष्ठ, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख मधुसुदन भटराईलाई स्वागत तथा सम्मान गरिएको हो ।

 कार्यक्रममा बोल्दै  प्रदेश सांसद युवराज खनालले राज्यको तल्लो निकायदेखि माथिल्लो निकाय मिलेर नै विकास संभव हुने बताए । उनले अब्यवस्थित घडेरी तथा जग्गालाई व्यबस्थित गर्नुपर्ने र पुर्जा दिने अभ्यासमा समितिको म्याद सकिएकाले अब स्थानीयदेखि प्रदेश हुदै केन्द्रसम्म यसको पहल गर्ने बताए । ठुलो क्षेत्र रहेको रामपुरको १ र १० पुर्व र पश्चिम सिमानामा प्रहरी चौकीको पहल गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जिल्लाको शान्ति सुरक्षाको लागि आफु प्रतिबद्ध रहेको बताउदै जिल्लामा शुसासन र न्याय कायम राख्न खेल्नुपर्ने भुमिकामा सदैव लाग्ने बताए । गृह जिल्ला पाल्पा र मदनपोखराबासी भएको नाताले रामपुरलाई अत्यन्त मायाँ लाग्ने बताउदै २० बर्ष अघि रामपुर आएको स्मरण उनले गरे।

जिल्लालाई सुदृढ बनाउन तपाई हामी मिलेर लाग्ने हो खनालले भने–रामपुर नगरपालिका सहित बिभिन्न स्थानमा प्रहरी चौकी, सशस्त्र प्रहरी केन्द्र, स्वास्थ्य चौकी निर्माणमा जिल्लाले पहल गर्ने बताउदै कर्मचारी थप गर्न सक्दो पहल हुने बताए । उनले स्थानीय जनप्रतिनिधिमा कतिपय काम दुविधा भएपनि आम समुदाय त्यसतर्फ निचोडमा पुग्नुपर्ने बताउदै नेपालीले नागरिकता पाउनैपर्ने तर विदेशीको हातमा पर्न कसै नहुने बताए ।
 
नेपाल सरकारका पुर्व शिक्षा तथा स्वास्थ्य सचिव शान्ता बहादुर थापाले २ प्रदेश र स्थानीय तहका दर्जन बढी नाका रहेको रामपुरमा चुनौती उत्तिकै रहेको बताए । उनले नेपालको भौगोलिक अबस्था बिभिन्नताको हिसावले बिबिधता रहेको बताउदै रामपुरमा इन्जिनियर, कृषि र बन प्राबिधिक कलेज खोल्ने पहलमा आफुहरु लागेको बताउदै यसलाई जिल्ला तहले पनि सघाउनुपर्ने बताए ।

पाल्पाका प्रहरी उपरीक्षक बिश्वमणि खनालले जिल्लाको शान्ति सुरक्षामा प्रहरी दृढ रहेको बताए । हामी कुनै पनि अपराधीलाई उम्कन दिदैनौ र निर्दोषलाई न्याय दिने पक्षमा लाग्ने भएकाले ढुक्क भई सामाजिक भलोको काममा लाग्न आम नागरिकलाई आग्रह गरे। उनले रामपुर ५ को एउटा मुद्धालाई इंकित गर्दै प्रहरीको दायरामा मुद्धामा केस आइसकेपछि केही समय अनुसन्धान हुने भन्दै प्रहरीले निस्पक्ष अनुसन्धान गर्ने उल्लेख गरे।
 
सुरक्षा बेस क्याम्प रामपुरका मेजर शुकदेव गिरीले स्थानीयसँगको सम्बन्ध सुमधुर भएमात्र सभ्य समाज बन्ने बताउदै एक अर्काका कुरा सुनेर बहसमा आउनुभन्दा मिलेर अगाडी बढे सबैको जित हुने बताए ।

सशस्त्रका डीएसपी ईश्वरी प्रसाद खनालले रामपुरमा सशस्त्रको क्याम्प बस्ने कुरा लामो समयदेखि भइरहेको बताउदै आबश्यकता हो या होइन स्थानीयको पहल नै मुख्य हुने भएकाले रामपुरबासीको साझा एजेण्डा हुनुपर्नेमा जोड दिए ।
 
रामपुर नगरपालिकाका नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यको नगरपालिकामा न्यायिक समिति भएपनि यसलाई केही कार्यालयले महत्व नदिएको बताउदै त्यस्ता प्रकृतिका मुद्धा र घटनामा नगरपालिका र प्रशासनसँगै मिलेर जानुपर्ने बताए ।
 
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको स्वागत सम्मान तथा अन्तरक्रियामा नगर प्रमुख थापाले रामपुर क्षेत्र संभावनाको क्षेत्र भएको र विकास गर्न धेरै काम भएकोले जिल्ला तहले पुर्वी पाल्पाको विकासमा हौसला थप्दै महत्वका साथ हेर्न आग्रह गरे।

 रामपुरको विकासमा सत्ता र प्रतिपक्ष नभई सबै सत्तापक्षको भावनाले अगाडी बढेको अबगत गराउदै थापाले शान्ता बहादुर श्रेष्ठको अगुवाईमा रामपुरको भावी विकासका लागि दिर्घकालिन योजना बनाएर विकासमा लाग्ने काम शुरु भएको बताए ।

र्भखरै पाल्पामा सरुवा भई आएका पाल्पाका प्रमुख जिल्ला अधिकारी, प्रहरी सुरक्षा निकायमा प्रमुख सहित सम्मान कार्यक्रम नगरपालिकाका सल्लाहाकार कपिल बहादुर खाँणको सञ्चालनमा भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ