arrow

साग : नेपाललाई अर्को सफलता, जुडोमा फूपू ल्हामुलाई स्वर्ण, स्वर्ण संख्या २

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
sag-new-FNL-1.JPG.jpeg
काठमाडौं । भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले दोस्रो स्वर्ण जितेको छ । नेपालले जुडो तर्फ दोस्रो स्वर्ण जितेको हो । भारतीय खेलाडीलाई हराउँदै नेपालकी फूपू ल्हामु खत्रीले स्वर्ण जितेकी हुन् । फूपूको स्वर्णसंगै नेपालको स्वर्ण संख्या २ पुगेको छ । 
 
खत्रीले राउण्ड रोबिनका आधारमा भएको खेलमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतीय प्रतिस्पर्धीलाई पछार्दै स्वर्ण जितेकी हुन् । यसअघि, जारी सागमा निमा घर्तीमगरले नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन् । निमाले उसुको नान्ताओउतर्फ नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । सोमबारै भएको जुडोमा लिला अधिकारीले रजत जिते ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ