- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । महंगो रकममा पोर्चुगिच खेलाडी क्रिस्टियानो रोनाल्डोलाई स्पेनिस क्लव रियाल मड्रिडबाट भित्र्याए पनि युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलको नयाँ सिजनमा सहज जित निकाल्न सकेन ।
डिफेन्डिङ च्याम्पियन युभेन्टसले किएभो भेरोनाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।
रोनाल्डोले यसै खेलबाट युभेन्टस र सिरी ए फुटबलमा डेब्यु गरेपनि गोल भने गर्न सकेनन् । रोनाल्डोलाई १०० मिलियन पाउन्डमा युभेन्टसले क्लबमा अनुबन्ध गरेको हो ।
युभेन्टसलाई जिताउन सामी खेडिरा र फेड्रिको बर्नार्डडेस्चीले १–१ गोल गरे । युभेन्टसले एक गोल आत्मघाती उपहार पाएको थियो ।
भेरोनाका माटिया बानीले एक आत्मघाती गोल गरेका थिए । यस्तै भेरोनाका मारिउस स्टेपिन्सकी र इमानुएल जियाचेरेनीले गोल फर्काए ।