- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । सन् १९०३ डिसेम्वर १८ को दिनमा मानवजातिको आकाशमा उड्ने सपना पुरा भएको थियो। उक्तदिन 'राइट' दाजुभाइले पहिलो पटक 'द फ्लायर' नामक विमान उडाएका थिए।
उनिहरुले साइकल मेकानिकल चार्ली टेलरको प्रयोग गरेर एउटा इन्जिन बनाएका थिए जुन करिब २०० के.जि. तौल र १२ हर्ज क्षमताको थियो। त्यस पछि ग्लाइडर 'किटी हक'मा प्रोपेलर प्रयोग गरेर विमान तयार गरिएको थियो ।
उक्त विमानले १२ सेकेण्डको उडान भरेर ईतिहास रचेको छ । यही एतिहासीक समझनामा आज हामी तपाँइहरुलाई संसारभरिका सबैभन्दा शौखिन तथा आरामदयी पाँच हवाईयात्राको बारेमा जानकारी दिन गइरहेका छौ।
१.सिंगापुर एयरलाइन्स
सिंगापुर एयरलाइन्सको विमान ए३८० मा यात्रुलाई शाही तवरले स्वागत गरिन्छ। अमेरिकाको फ्रेकफर्टबाट न्युयोर्क जाने उक्त विमान भित्र 'कपल्स'को लागि स्पा, बार तथा गोपनियाताको विशेष सुविधाको व्यबस्था गरिएको छ । उक्त विमानमा शयर गर्नुको लागी पाँच लाख छयासी हजार देखी चौबिस लाख बाउन्न हजार नेपाली रुपैया सम्म खर्चिनुपर्ने हुन्छ।
२.एतिहाद डायमण्ड फर्स्ट क्लास
संसारको दोस्रो सबैभन्दा शानदार यात्रा एतिहाद एयरलाइंसले उपलब्ध गराउँदै आएको छ । एतिहाद डायमण्ड फर्स्ट क्लासले यात्रुको बिशेष ख्याल राख्दछ। विमानले यात्रुहरुको रुचाएको खाना दिनुका साथै प्रत्येक यात्रुलाई आफ्नो नामले बोलाउने व्यवस्था गरेको छ । उक्त विमानको ट्यागलाइन 'फ्रम आबु धाबी टू द वर्ल्ड' दिइएको छ। उक्त विमानमा शयर गर्नुको लागी छ लाख चालिस हजार देखी सोह्र लाख नेपाली रुपैँया सम्म खर्चिनुपर्ने हुन्छ। एतिहाद एयरलाइन्सको अन्य विमानमा पनि यो सुविधा रहेको छ ।
३. एमिरेट्स फर्स्ट क्लास सुईट्स
यूनाइटेड अरब एमिरेट्सको धेरै विमानहरुमा फर्स्ट क्लास सुईट्सको सुविधा उपलब्ध रहेको छ। यो फ्लाइटमा यात्रुको हरेक सुबिधाको ख्याल राखिन्छ। धेरैजसो विमानमा यसको सिट बेडमा परिवर्तन गर्न सकिने रहेको छ । विमानमा हाड ड्रिंस मन पराउनेको लागि छुट्टै कोठाको व्यबस्था गरिएको छ जहाँ यात्रु ड्रिंसको आनंद उठाउन सनक्नेछन् । उक्त विमानमा यो सुविधा पाउन तपाईले एक लाख नेपाली रुपैया भन्दा ज्यादा रकम तिर्नुपर्नछ ।
४. एएनए फस्ट स्क्वायर
जापानको दोस्रो सबैभन्दा ठुलो एयरलाइन्स एएनए (अल निप्पोन एयरवेज) हो । यस विमानमा यात्रुहरुको बिशेष ख्याल राखिन्छ। यो बिमानमा रमाइलो गर्नको लागि प्रशस्त ठाँउहरु रहेका छन् । विमानमा लुगा राख्नुको लागि बेग्ला बेग्लै हेङगर को व्यवस्था गरिएको छ । यस विमानमा यात्रुको सिट सुत्नुको लागि बेडमा परिवर्तन गर्न सकिन्छ । विमानले खानेकुराको मामिलामा ज्यादै ध्यान दिएको पाइन्छ । उक्त विमानमा शयर गर्न तपाईले दश लाख भन्दा ज्यादा नेपाली रुपैया खर्च गर्नुपर्नेछ ।
५. कतार एयरवेज बिजनेस क्लास
कतार एयरवेज बिजनेस क्लासमा मनोरञ्जनको लागि खास व्यब्स्था गरिएको छ। यो विमानमा सिटको सजावटमा बिशेष ध्यान दिइएको छ । सानो बाथरूम भएपनि सुहाउदो रहेको छ । बिजनेस क्लासमा शयर गर्नेहरुको लागि स्पेशल बारको पनि व्यब्स्था गरिएको छ। तपाईले यस विमानमा अतिरिक्त २० युरो खर्च गर्नु भएमा वाई-फाई पनि उपलब्ध हुनेछ।