arrow

स्काइपबाट निर्देशित भिडियो सार्वजनिक(भिडियो)

निर्देशक प्रसन्न पौडेलले अमेरिकामा बसेर यो गीत स्काइपबाट निर्देशन गरेका छन् ।

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
Skype-Video.jpg.jpeg
काठमाडौं । मोडल पुष्प खड्का र तनुजा गुरुङ ‘दुनिया बेग्लै छ’ बोलको गीतको भिडियोमा देखिएका छन् । अष्ट्रेलियामा बस्दै आएका गायक समिर आचार्य र अमेरिकामा बस्दै आएकी गायिका निक्की कार्कीको गीतमा यो जोडीलाई देखिएको हो । निर्देशक प्रसन्न पौडेलले अमेरिकामा बसेर यो गीत स्काइपबाट निर्देशन गरेका छन् ।

आशिष अविरलको संगीत र आनन्द अधिकारीको शब्द रहेको यो गीतको भिडियोलाई फास्ट शैलीमा तयार पारिएको छ । जसका कारण पार्टी, क्लबहरुमा यो गीत घन्कन सक्छ । यो गीतलाई दर्शकसम्म पु¥याउनका लागि ‘दुनियाँ बेग्लै छ, अब नेपाल नाच्दै छ’ भन्ने मुल नाराका साथ प्रतिस्पर्धा पनि आयोजना गरिएको छ ।

गायक समिर आचार्यले आफू र निक्की मिलेर दर्शकलाई नयाँ नयाँ प्रस्तुती पस्किने बताए । उनले आफूहरुको गीत सुन्दा दर्शकलाई पनि नाँचु नाँचु लाग्ने खालको होस् भन्ने सोचले यो गीत तयार पारिएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ