arrow

नयाँ आईफोनको साथमा आउनसक्छन् एप्पलका यी उत्पादनहरु

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
apple.jpg

काठमाडौं । एप्पल अहिले तीन आईफोनहरु सार्वजनिक गर्ने तयारीमा रहेको छ । सन् २०१८ भित्रै कम्पनीले उक्त स्मार्टफोनहरु ल्याउने तयारी गरिरहेको छ । अहिले सार्वजनिक भएको विवरणले भने एप्पल आफ्नो आईफोनका साथै अन्य दुई ट्याबलेट पनि सार्वजनिक गर्ने तयारीमा रहेको देखाएको छ । 

एप्पलको अहिले सार्वजनिक भएको विवरणमा एप्पल आफ्नो नयाँ आईफोनका साथै दुई नयाँ आईप्याड पनि सार्वजनिक गर्ने तयारीमा रहेको देखिएको छ । उक्त दुवै ट्याबलेटहरु ‘प्रो’ सिरिजअन्तर्गत बजारमा सार्वजनिक हुन लागेका हुन् । 

त्यसका साथै एप्पल कम्पनी यस वर्ष आफ्नो ‘आईप्याड मिनि’ अपडेट नगर्ने पक्षमा रहेको पनि देखिएको छ । यद्यपि वर्षको अन्तिमसम्म नयाँ १२.९ इन्च र ११ इन्चको नयाँ मोडल आइसकेपछि पनि ७.९ इन्चको आईप्याड मिनि बजार पनि जारी रहनेछ । 

११ इन्चको आईप्याड प्रो मोडलले १०.५ इन्चको वारियन्टलाई विस्थापित पनि गर्नसक्छ । यो डिभाइसको साइज अलि बढी हुनसक्छ । विवरणमा आईप्याड प्रो मोडलहरुमा फास्ट चार्जिङका लागि यूएसबी टाइप–सी पनि सपोर्ट हुन्छ । यी दुई आईप्याड ट्याबलेटका साथमा एप्पलले अन्य केही डिभाइसहरु पनि सार्वजनिक गर्ने तयारी गरेको छ । 

विवरणमा एप्पलले ‘एन्ट्री म्याकबुक सिरिज’ र अत्यधिक प्रतीक्षा गरिएको वायरलेस चार्जर पनि सार्वजनिक गर्न सक्ने बताइएको छ । ट्रेड फोर्सको विवरणमा यसमध्ये दुई आईफोन ओएलईडी स्क्रिनका साथै एप्पल पेन्सिल पनि सपोर्ट गर्ने किसिमका छन् । यो सुविधा अहिले एप्पल आईप्याड मोडलहरुमा मात्र सीमित रहेको छ । विवरणमा यी दुई आईफोनहरु तीन स्टोरेज वारियन्टका साथमा आउनसक्ने बताइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ