arrow

नेपाली काँग्रेस बर्दियाको सभापतिमा संजय गौतम विजयी

logo
यादव आचार्य।
प्रकाशित २०७२ फागुन ३ सोमबार
sanjaya-gautam-bardiyta.jpg.jpeg
बर्दिया। नेपाली काँग्रेस जिल्ला कार्य समिति बर्दियाको सभापति पदमा सभासद संजय गौतम निर्वाचित भएका छन्। गत सोमवार सम्पन्न जिल्ला अधिवेशनबाट सम्पन्न निर्वाचनमा ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान प्रकृयाबाट गौतम् निर्वाचित भएका हुन्।
 
नेपाली काँग्रेसका सभापति शुसील कोईरालाको अकस्मात निधनले पार्टीको जिल्ला अधिवेशन रोकिएको थियो। सभापति पदका लागि ४ जना उम्मेदवार उभिएपछि पार्टी विधान अनुसार पुन मतदान गर्नु परेको हो।
 
संस्थापन पक्षधर सभासद गौतमले ३ सय ८ मत प्राप्त गरि विजयी भएका छन्। अघिल्लो निर्वाचनमा उनले २ सय ५७ मत प्राप्त गरेका थिए। सभापति पदमा देउवा पक्षका उम्मेदवार विद्या प्रसाद खनालले २ सय २३ मत प्राप्त गरेका छन्। अघिल्लो निर्वाचनमा खनालले १ सय ९१ मत प्राप्त गरेका थिए। खनाल ८५ मतले पराजित भएका छन्।
 
गौतम बर्दिया क्षेत्र नम्वर २ मा संस्थापन पक्षका बलिया नेताका रुपमा स्थापित भएका छन्। नेपाली काँग्रेस जिल्ला कार्य समिति बर्दियाको वाँकी पदका उम्मेदवारहरु अघिल्लो निर्वाचनबाटै निर्वाचित भएका थिए। जसअनुसार सचिव पदमा मक्कुराम थारु र कोषाध्यक्ष पदमा शान्ति कुमारी अधिकारी विजयी भएका छन्। महाधिवेशन प्रतिनिधीहरुमा भने देउवा पक्ष हामवी भएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ