arrow

यस्तो प्रविधिमा बिल गेट्सको लगानी, जसले गर्नेछ लामखुट्टे सखाप

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
bil-grates.jpg

काठमाडौं। विश्वभर अहिले मलेरियाको कारण १० लाखभन्दा पनि बढी मानिसहरुको ज्यान जाने गरेको छ । त्यसैले यो समस्याबाट पार पाउनका लागि बिल गेट्सले एक अनौठो किसिमको निर्णय गरेका छन् ।

विवरणमा बताइएअनुसार गेट्सले मलेरियालाई हटाउने विषयमा अनुसन्धानको लागि करिब ४४ करोड रुपैयाँ बराबरको रकम लगानी गरेका छन्। जसअनुसार अहिलेयस्तो प्रविधिको विषयमा काम भइरहेको छ कि यसले सधैंका लागि मलेरियालाई हटाउन सक्छ ।

यदि अहिलेको प्रविधि सफल भएको खण्डमा आगामी दिनमा लामखुट्टेहरु आपसमा संसर्गको क्रममा मर्ने बताइएको छ। अहिले अनुसन्धान जारी रहेको प्रविधि अनुसार केही पुरुष लामखुट्टेहरुमा अनुवंशिक रुपले जिनहरु छाडिन्छ, त्यसपछि उक्त लाखुट्टेले पोथी लामखुट्टेसँग संसर्ग गरेर जन्मिएको नयाँ लामखुट्टे केही समयसम्म मात्र बाँच्न सक्छ ।

मलेरियाबाट सबैभन्दा बढी प्रभावित हुनेमा अफ्रिकाका बालबालिकाहरु रहेका छन् । विशेषगरी यसको सिकार बच्चाहरु हुने गरेका छन् । वर्षमा करिब ६० करोड मानिसहरु यसको सिकार हुने गरेका छन् ।

बेलायतको अक्सिटिक नामको एक कम्पनी अहिले यो लामखुट्टे बनाउने काममा लागिरहेको छ । यसले अनुवंशिक रुपबाट संशोधित लामखुट्टे तयार गर्नेछ । यसलाई ‘फ्रेन्ड्ली मस्क्विटो’को नामले चिनिने गरिएको छ । यो लामखुट्टे सन् २०२० सम्म विस्तार गरिनेछ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ