arrow

करलाई वैज्ञानिक र व्यवहारीक बनाउनु पर्ने

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ भदौ ४ सोमबार
tax-province-5.jpg

बुटवल। सरकारले लगाएको कर अवैज्ञानिक र चर्को  भएकोले बैज्ञानिक ढंगवाट कर समायोजन गर्न सरोकार बालाहरुले माग गरेका छन् । उनीहरुले प्रदेश र स्थानीय सरकारले बृद्धि गरेको करले सर्वसाधारण मारमा परेकोले करको दर नभइ दायरा बढाउनुपर्ने बताए । करलाई वैज्ञानिक र व्यवहारीक बनाउनु पर्ने माग गरे ।

रिपोर्टर्स क्लव प्रदेश पाचँले आज बुटवलमा आयोजनाका गरेको साक्षात्कार कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब थानेश्वर गौतमले मुलुकमा बित्तिय संघीयता अबलम्बन गरेको स्मरण गराउदै करको बारेमा सचेतना मुलकशिक्षा जरुरी रहेको बताए ।

संघीयतालाइ खराब भन्न थालिएको छ यसलाई ब्यबस्थित गर्न जरुरी रहेको बताए ।उनले भर्ने कानुन बिपरित कतिपय नगरपालिकाहरुमा शुल्क लिइएको हल्ला सुनिएको छ यदि त्यस्तो रहेछ भने प्रदेश ५ सरकारले यसलाइ नियमन गर्दछ ।

उनले देशमा नयानी तिलिदा अलीक महंगो हुनु स्वभाबिक भएकोले संघीयताको अहिले नै मुल्यांकन गर्न नहुने बताए ।यसलाई सहि मार्गमा लैजानको लागि सवै पक्ष जिम्बेबार हुनुपर्ने बताए ।

छत्रदेब गाउपालिका अर्घाखांचीका अध्यक्ष लेखनाथ पोखरेलले स्थानीय तहमापनि फरक फरक नीति देखिएको बताए । उनले केहीनगर र गाउँपालिकाहरु कारणले सबै स्थानीयतहले  कर जनता माराबनाए जस्तौ देखीए पनि वास्तविकता नभएको दावी गरे ।

गाउँपालिकाहरुले पहिला जनतालाई आयस्रोत बढाउनको तर्फ ध्यान दिनुपर्ने भन्दै  करको दायरमा ल्याउनु पर्ने बताए । उनले स्थानीयतहले मात्रै सवै कर बृद्धि नगरेको केही जरिमानपनि करको रुपमा बुझेको बताए । उनले भर्ने कर तिर्न योग्य बनाउनका लागि हामी लागेका छौं, हाम्रो आयु ४ बर्षको मात्रै आयु हो ,भोलीकोे हैसीयत के हो त्यो सम्झनुहोला । उनले जनप्रतिनिधिलाइ आग्रह गरे ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले आफ्नो नगरपालिकाले  कर बृद्धि गरेको हल्ला आएपनि आफुहरुले १२ प्रकारका छुट दिएको बताएका छन् ।

उनले तिलोत्तमा आएका करको सवै नकारात्क बिषयलाई मात्र बुझ्न नहुने बताए । बिषयगत बृहत छलफल  गरी कर नगरपालिका भित्रलागु गरीएको  बताए ।

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेयले  अहिले बुटवलमा उपमहानगरपालिकाले  कर  जनताको आयस्रोत विना , भौतिकपुर्वधार विकास विना लागएको बताए । उनले बुटवलमा औषधिमा साढे सात सयप्रतिशत ,घरबहालमा ४ सय प्रतिशतसम्म, हाटबजारमा तरकारी बेच्नेले सम्म बृद्धि भएको तत्काल  समायोजन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले करबृद्धि सबैदलको सहमतिमा गर्नुपर्ने र करलाइ जुन क्षेत्रबाट हो त्यहि क्षेत्रमा लगाउन आग्रहगरे ।

उनले  बुटवलमा नेपाली काग्रेसले १ बर्ष सम्मपर्ख र हेरको स्थितीमा वसेपनि कर मनोपोली ढंगबाट बृद्धि गरेपछि बाध्य भएर सडक आन्दोलन जानु परेको बताए ।

बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक नुरजंग केसीले कर तिरेको अनुभुती जनतालाइ हुननहुने बताए।  उनले कर तिर्दा जनताले गर्व गर्ने बाताबरणमा मात्रै करको भ्यालु  हुने भन्दै बुटवल उपमहानगरपालिकाले  अस्वाभिक ढगँले कर बृद्धि गरेको बताए । उनले बुटवलमा कर आतंक सृजना भएको बताए ।

करदान क्षमताको आधारमा कर लगाउनु जरुरी रहेको तर  मकै पौल्ने देखीकुखुराको मासु  काटेर बेच्चे सम्मलाई  एउटै डालोमा हालेर  नगरपालिकले कर लिएको बताए । रिपोटर्स क्लवप्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेकाथिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ