काठमाडौं । १२औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गतको महिला फुटबल फाइनलमा नेपाली टोलीले भारतसंग खेलिरहेको छ । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफको सुरुमै दोस्रो गोल खायाे । नेपालले चौथो गोल खाएको छ । भारतको सिलोङस्थित जवाहरलाल नेहरू रङ्गशालाको एस्ट्रो टर्फ मैदानमा नेपाल स्वर्ण जित्ने दाउँमा हुनेछ । अन्तर्राष्ट्रि«य फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल र भारत यसअघि चार पटकसम्म भिडिसकेका छन् । हाल सम्म नतिजा भारतकै पक्षमा छ ।
सन् २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ६–० गोलअन्तरले पराजित भएको थियो । यसपटकको सागमा नेपाललाई भारतसँगको बदला लिने अवसर जुरेको छ । दक्षिण एसियाका पाँच राष्ट्र नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का सहभागी भएको महिला फुटबलमा नेपाल अङ्कतालिकाको पहिलो र भारत दोस्रो हुँदै सोझै फाइनलमा पुगेका थिए ।
समूह चरणको खेलमा नेपाल अपराजित रहयाे, समूह चरणमा गोल नखाएको नेपालले फाइनलमा गोल खाएको हो । नेपालले श्रीलङ्कालाई ४–०, बङ्गलादेशलाई ३–०, माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेको थियो भने भारतसँग गोलरहित बराबरी खेलेको थियो ।