arrow

चिनियाँ लेखक किन अाए काठमाडौं ?

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
chainese.JPG

काठमाडौं । नेपाल–चीनबीच साहित्यिक आदानप्रदान गर्ने उद्देश्यले चिनियाँ लेखकको एक प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका क्रममा  काठमाडौँ आइपुगेको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा चिनियाँ लेखक सङ्घका उपाध्यक्ष तथा लुसुन साहित्य प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष कवि जिडी माजियाको नेतृत्वमा छ सदस्यीय टोली नेपाल आएको हो । भ्रमण दलमा चिनियाँ लेखकहरु सिओमिङ झाङ, क्विनजाओ, लि यानक्विंग, झाङ रुइफेङ, र हुवेइ सम्मिलित छन् । 

चिनियाँ लेखकको टोलीलाई स्वागत गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यस भ्रमणले दुवै मित्रराष्ट्रबीच आपसी हितका साथै साहित्यिक एवं सांस्कृतिक सम्बन्ध अझ बलियो र दीर्घकालीन बन्ने विश्वास व्यक्त गरे ।  

उनले पाँच वर्षअघि सम्झौता भएअनुसार नेपाली साहित्य चिनियाँ भाषामा र चिनियाँ साहित्य नेपाली भाषामा अनुवाद गर्ने कार्य भइरहेको जानकारी दिए  । 

आफ्नो पहलमा चीन तथा दक्षिण एशिया साहित्यसभाको गठन भई पहिलो सम्मेला चीनमा सम्पन्न भइसकेको र दोस्रो सम्मेलन नेपालमा गर्न प्रतिष्ठान तयार रहेको उनले बताए । 

सो अवसरमा चिनियाँ लेखक सङ्घका उपाध्यक्ष माजियाले चीन र नेपालका साहित्यिक एवं सांस्कृतिक विकासका लागि प्रभावकारी काम भइरहेको उल्लेख गर्दै आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सङ्घ प्रतिबद्ध रहेको जानकारी दिए । 

चिनियाँ लेखकको सम्मानमा प्रतिष्ठानले साेमबार साँझ विशेष रात्रिभोजको समेत आयोजना गरेको छ । चनियाँ लेखकटोलीले भक्तपुर, ललितपुर र काठमाडौँका ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थलको अवलोकन गर्ने प्रतिष्ठानका सदस्यसचिव प्राडा जीवेन्द्रदेव गिरीले जनकारी दिए । चिनियाँ टोली बुधबार स्वदेश फर्कनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ