arrow

यातायात व्यवस्था विभागका प्राविधिक निर्देशकविरुद्ध मुद्दा दायर

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
court.jpg.jpeg
काठमाडौँ, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था विभाग मीनभवनका प्राविधिक निर्देशक नवीनकुमार पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार नेपालगन्जको एक सेवाग्राहीले विद्युतीय स्कुटर आयात गर्दा अनुमति लिने क्रममा उपसचिव पोखरेलले रु एक लाख ८० हजार घुस माग्दामाग्दै विभागको कार्यालयबाट पक्राउ परेका थिए । 
 
‘हस्ताक्षर गरेपछि यसो मिलाइदिनु पर्‍यो नि’ भन्दै पोखरेलले सेवाग्राहीसँग घुस माग्दै गरेको सूचनाका आधारमा आयोगको टोलीले केही दिनअघि पोखरेललाई पक्राउ गरेको थियो । आयोगले पोखरेललाई हदैसम्मको कारबाहीको माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ