arrow

रङ्गेली र डायनिया घटनाको अनुसन्धान सुरु

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
Dropati-rangeli.jpg.jpeg
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले मोरङका रङ्गेली र डायनियामा सुरक्षा कारबाहीका क्रममा गत माघ ७ गते तीन जना सर्वसाधारण मारिएको घटनाको सम्बन्धमा अनुसन्धान प्रारम्भ गरेको छ । 
 
आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले आज यहाँ प्रेस विज्ञप्ति जारी गरी अनुसन्धान टोलीले घटनास्थलको निरीक्षण गर्नाका साथै प्रजिअ, सुरक्षा निकायका प्रमुख र साक्षीसँग छुट्टाछुट्टै रुपमा घटना सम्बन्धमा बयान लिने लगायत कार्य गरिरहेको जनाए । टोलीमा आयोगका प्रवक्ता मोहना अन्सारी, सदस्य गोविन्द शर्मा पौड्याल, क्षेत्रीय निर्देशक र अधिकृत छन् । 
 
सो दिन गोली लागेर रङ्गेली–४ चोपडा टोलकी ६० वर्षीया द्रौपदीदेवी चौधरी, बरडङ्गा–२ का महादेव ऋषिदेव र डायनिया–९ का शिवु माझीको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ