arrow

नेटवर्किङ गुणस्तरीय र विश्वस्तरीय बनाउन वल्डलिंकले ‘होममेड’ जुनिपर नेटवर्कस रोज्यो 

logo
प्रकाशित २०७५ भदौ ५ मंगलबार
world-link.png

काठमाडौं । वल्डलिंक कम्युनिकेशनले गुणस्तरीय र विश्वस्तरीय बनाउन नेपालमै निर्माण भएको जुनिपर नेटवर्कसलाई नै रोजेको छ । 

देशमा इन्टरनेट प्रयोगकर्ताहरुको तीव्र रुपमा भइरहेको उल्लेखनीय वृद्धिले गर्दा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीद्वारा निर्माण गरिएको नेटवर्कलाई व्यापक आधुनिकीकरण गर्दै विस्तार गरिरहेको वल्डलिंकले जनाएको छ ।

वल्डलिंकले जुनिपर नेटवर्कसलाई स्वचालित, पहुँचयुक्त र सुरक्षित नेटवक्र्स प्रदान गर्ने उद्योगमा अग्रस्थान ओगटेको जनाएको छ । 

वल्डलिंकले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीले निर्माण गरेको नेटवर्किङमा बढ्दो उपभोक्ताहरुका कारणले गर्दा देखा पर्नसक्ने अवरोध एवं समस्याहरुको समाधानका लागि जुनिपरको विश्वव्यापी रुपमा प्रमाणित भएको उच्च कार्यक्षमतायुक्त नेटवर्किङ प्रणालीलाई सफलतापूर्वक अँगीकार गरेको जनाएको छ । 

नेपालमा कनेक्टिभिटिको विकास द्रुत गतिमा भइरहेको छ । सरकारको एक अध्ययन प्रतिवेदन अनुसार इन्टरनेट वृद्धिको आँकडा सन् २०११ मा १० प्रतिशत रहेकोमा हाल मोविलिटि सहित सो आँकडा करिब ५० प्रतिशतको हाराहारीमा पुगेको छ । जसमा स्थिर ब्रोडब्याण्डतर्फ करिब १२ प्रतिशत रहेको छ । 

वल्डलिंकले यो वृद्धि हुनुमा आफ्नो भूमिका अहम् रहेको जनाएको छ । यस कम्पनीले सन् २०१४ देखि हरेक वर्ष उपभोक्ताहरुको संख्या दोब्बर भएको प्रत्यक्ष अनुभव गरेको र स्थिर ब्रोडब्याण्डमा भएको यो वृद्धिदर काठमाडौं राजधानीमा मात्र नभई देशका ७० भन्दा बढी साना ठूला शहरहरुमा समेत देखिएको दावी गरेको छ ।

जुनिपर नेटवर्कलाई साझेदारका रुपमा चयन गरेसंगै भविष्यमा दरिलो र सुरक्षित नेटवर्कको क्षमता विस्तार गर्न मेरुदण्डको काम गर्ने वल्डलिंकले विश्वास लिएको छ । 

जुनिपर नेटवर्कससँगको साझेदारीपछि वल्डलिंकले आफ्नो नेटवर्क पूर्वाधारलाई उच्च क्षमतायुक्त १०० जिविइपिएस ईथरनेट नेटवर्कसमा रुपान्तरण गरेको जनाएको छ । 

वल्डलिंकले १०० जिविइपिएस ईथरनेट दुत्ततर पूर्वाधार तयार गरेर विश्वको नेतृत्वदायी इन्टरनेट सेवा पदायकहरुको सूचीमा आफूलाई उभ्याएको जनाएको छ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ