काठमाडौ । नेपाली कांग्रेस ललितपुर जिल्ला सभापतिमा पुन : मदनबहादुर अमात्य निर्वाचित भएका छन् । अमात्यले कुल खसेको ६९६ मत मध्ये ३७१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी जितेन्द्र कुमार श्रेष्ठ ३२५ मत पाएका छन् । शेरवहादुर देउवा निकट मानिने सांसद अमात्य सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
त्यसैगरी जिल्ला सचिवमा सभापति प्यानलका नै भिमसेन घिमिरे र कोषाध्यक्षमा कर्म ब्यञ्जनकार यसअघि नै निर्वाचित भैसकेका छन् ।
यसअघि गत माघ २५ मा भएको निर्वाचनमा सभापतिमा उठेका तीनै जना उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको निर्वाचन सोमबार भएको हो ।