arrow

प्रदेश ५ मा बुधबार सार्वजनिक विदा

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ भदौ ५ मंगलबार

बुटवल। प्रदेश नम्वर ५ को सरकारले बुधबार मुस्लिम धर्मावलम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने भएको छ ।

प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निणर्य गरेको हो । भोली प्रदेश सरकारले सार्वजनिक विदा दिने निणर्य गरेको मुख्यमन्त्रि शंकर पोखरेलका प्रस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिए ।

प्रदेश अन्र्तगतका सार्वजनिक कार्यालयहरु बन्द हुने भएपनि संघिय सरकार अन्र्तगत रहेका कार्यालयहरु खुल्ने नखुल्ने अन्यौल छ ।

संघिय सरकारले सार्वजनिक बिदा नदिए जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट बैकको भैरहवा शाखा तथा बैक तथा बित्तिय सस्था, भन्सार, राजश्व लगायतका कार्यालय खुल्ला रहने छन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले प्रदेश सरकारले गरेको निणर्य बारेमा जानकारी नभएको र संघिय सरकारले पनि अहिलेसम्म बिदाको घोषणा नगरेकाले संघिय सरकार अन्र्तगतका कार्यालयहरु खुल्ला रहन सक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ