arrow

साग पुरुष फुटबल फाइनल : नेपाललाई अवसर

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
Nepal-VS-India-football.jpg.jpeg
काठमाडौं । भारतमा जारी १२ औ दक्षिण एसियाली खेलकुद साग पुरुष फुटबलको फाइनलमा अहिले केही बेरमा नेपाल र भारत भिड्दै छन् । गुवाहाटी स्थित इन्दिरा गान्धी रंगशालामा हुने खेलमा नेपाल र आयोजक भारत स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।  
 
साग गेम्समा पुरुष फुटबलको स्वर्ण प्रतिष्ठा मानिन्छ । नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा खेल्न लागेको यो पाँचौं पटक हो । सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ४–३ गोल अन्तरले हराएको थियो । भारतले  सेमिफाइनलमा बंगलादेशलाई पन्छाउँदै फाइनल यात्रा तय गरेको थियो । नेपाल र माल्दिभ्सबीच हाल सम्म रहेको ‘४’ गोलको संयोगले कि नेपालले उपाधि जितेको छ कि माल्दिभ्सले । महिला फुटबल टोली पराजित भएको अवस्थामा नेपाली यू–२३ पुरुष टोलीलाई बदला लिने सुवर्ण अवसर छ । 
 
दक्षिण एसियाली खेलकुदको फुटबलतर्फ हालसम्म नेपाल दुई स्वर्ण, दुई रजत र दुई कास्य जित्न सफल भएको छ । नेपालले अन्तिम पटक सन् २००६ मा कांस्य पदक जितेको थियो । नेपालले सन् १९८४ मा काठमाडौंमा भएको तत्कालिन साफ गेम्समा पहिलो स्वर्ण जितेको थियो । १९९३ मा बंगलादेशको ढाकामा भएको साग गेम्समा फुटबलतर्फ स्वर्ण जित्दै स्वर्ण संख्या दुई बनायो । सन् १९८७ मा भारतको कोलकाता र १९९९ मा काठमाडौंमै भएको साग फाइनलमा पराजित हुँदै रजत जितेको थियो । नेपालले १९८५ मा बंगलादेशको ढाका र सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको सागमा कास्य हात पारेको हो । दक्षिण एसियाली खेलकुदमा पुरुष फुटबल सन् २००३ देखि यू–२३ टिममा खुम्चियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ