रुकुम । नेपाली काग्रेस जिल्ला सभापतिमा सक्षम नेता चयन नभए गुन्डागद्र्धिको मौलाउन सक्ने नेपाली काग्रेसका महादिवेशन प्रतिनीधिमा विजय उम्मेद्धार तथा काग्रेस जिल्ला सभापतिका दावेदार लक्षिराम घर्तिले बताएका छन् । काग्रेस जिल्ला सभापतिका दावेदार घर्तिले सभापतिको लागि उम्मेद्धारी दिएरै छोड्ने पनि बताएका छन् । आफुलाई सभापति उठ्न नदिन विभिन्न षड्यन्त्र भईरहेको र यसबाट आफु नडराउने उनले बताए ।
सभापतिमा उम्मेद्धारीबाट पछाडि हटाउन आफुलाई विभिन्न नकारात्मक हल्ला चलाएको र सभापतिमा नउठ्न दवाव दिएको पनि उनले बताए । जिल्लामा रहेर पार्टि र जनताको काम गर्ने आफुलाई ठेकेदार गरेर राजनीति गर्ने नेताले असुहाउदो व्यवहार गर्न खोजेको पनि उनले बताए । राजनीतिको नाममा पद भजाएर खाने नेताहरुले नेपाली काग्रेस भित्रको राजनीति बिगार्दै पार्टिको बदनाम गर्न खाजेको उनले बताए ।
यस्तै गाउकार्य समितिबाट छानिएर आएका प्रतिनीधिहरुले पैसाको लोभमा भोट नहाल्न उनले आग्रह गरे । नेपाली काग्रेस रुकुमको जिल्ला सभापतिका लागि यहि ५ गते चुनाव हुने बताईएको छ । अहिलेको जारी महादिवेशनबाट पार्टि सभापतिमा वुद्धि विवेक पु¥यई इमान्दार नेताप्रति भोट दिए नेपाली काग्रेस रुकुम बलियो हुने र जनताको मन जित्न सफल हुने सभापति दावेदार घर्तीले बताए । उनले रुकुममा पनि दुईवटा प्यानेल देखिएकोले सभापतिमा एकअर्कालाई सहमति दिन असहमत देखिएकोले आफु सभापतिमा उठे कागे्रस रुकुमको दुई लाईन नदेखिने पनि उनले बताए ।