arrow

कोशी अञ्चल अस्पताललाई क्षेत्रिय अस्पतालको रुपमा विकास गर्नै

logo
कुमोद अधिकारी
प्रकाशित २०७२ फागुन ३ सोमबार
koshi.gif.gif
 विराटनगर । स्वास्थ्यमन्त्री रामजन्म चौधरीले विराटनगर स्थित कोशी अञ्चल अस्पताललाई क्षेत्रिय अस्पतालको रुपमा विकासगर्न मन्त्रालय क्रियाशिल भएर लागी रहेको बताएका छन् । अस्पतालको अनुगमन एंव निरिक्षणपछी आइतवार आयोजित छलफल कार्यक्रममा वोल्दै मन्त्री चौधरीले लामो समयदेखी अन्चल अस्पतालको रुपमा रहेको  कोशी अन्चल अस्पतालाइ क्षेत्रिय अस्पतालको रुपमा विकासगर्न भोलीदेखीनै आफनो मन्त्रालयले प्रक्रिया शूरुगर्नै बताए । 
 
 पुर्वाञ्चलको सवैभन्दा ठुलो अस्पतालको रुपमा रहेको कोशी अन्चल अस्पतालाई  व्यवस्थित एंव गुणस्तरिय सेवा प्रदानगर्न मन्त्रालयले कुनैपनी कसर वाकी नराख्ने बताए । मन्त्री चौधरीले स्वास्थ्यसेवाको गुणस्तर सुधारगर्दै गरिव तथा असहाय जनतालाइ सहज रुपले सेवा प्रदानगर्न समेत स्वस्थ्यकर्मीहरुलाइ आग्रह गरे ।अस्पतालाई चाहिने स्वस्थ्य उपकरण तथा अस्पतालको भौतिक पुर्वाधार निर्माणका लागी आफुले राजधानी पुगे लगत्ते अर्थ मन्त्रालयमा पहलगर्ने बताए । 
 
 कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा रोशन पोखरेलले १६ वटा जिल्ला लाइ सेवा पुर्‍याउदै आएको कोशी अन्चल अस्पतालाइ क्षेत्रिय अस्पतालको विकासका लागी सवैको सहयोग आवश्यक रहेको बताए ।कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एकराज भटराइले अस्पताल सुधारमा केन्द्रित भएर आफुहरु लागी रहेको बताए । २०१३ सालमा स्थापना भएर ५० सैयावाट शूरु भएको सो अस्पतालमा अहिले साढे  तिनसय सैया संचालनमा छन । क्षेत्रिय अस्पतालको रुपमा विकास भएपछी सो अस्पतालमा ५ सय सैया संचालनमा आउने मेडिकल सुपरिटेन्डेन पोखरेलले बताए ।
 
 अस्पतालले अहिले क्यान्सरका विरामीहरुकालागी सेवा समेत संचालनमा ल्याएको छ । पुर्वाञ्चल लगायत भारतको सिमावर्तीक्षेत्रका वासिन्दालाइ समेत सेवा पुर्‍याउदै आएको सो अस्पतालले पर्याप्त वजेट नपाउदा उपचार सेवा समेत प्रभावित हुने गरेको छ । छलफल कार्यक्रमा अस्पतालाइ पर्याप्त वजेट, भौतिक पुर्वाधार निमार्ण तथा खाली रहेका दरवन्दि स्वास्थ्य उपकारण तत्काल पुरागर्न समेत मन्त्री चौधरीलाइ आग्रह गरिएको थियो । अस्पतालमा ५३ जना डाक्टरको दरवन्दी रहेकोमा अहिले ३३ जना डाक्टरमात्र कार्यरत छन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ