arrow

मोफसलको चर्चित विराट गोल्डकप विहिबार देखि, १० टोली सहभागी हुँदै

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ फागुन ३ सोमबार
foot.jpg.jpeg
 विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी फागुन ६ गतेदेखि १५ गतेसम्म हुने विराट गोल्डकपका विषयमा आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गर्दै सहभागी हुने टिम, खेल तालिका सार्वजनिक गरेको छ । 
 
प्रतियोगितामा नेपालका ६, भारतका तीन र बंगलादेशको एक टिमगरी दश टिम सहभागि हुने छन् । आयोजकले सार्वजानिक गरेको खेल तालिका अनुसार उद्घाटन खेल गतवर्षको विजेता झापा–११ र भारतको उडिसा स्टेट फुटबल क्लवबीच फागुन ६ गते हुनेछ । यसैगरी मोरङ फुटबल क्लव र रुपन्देही–११ बीच ७ गते प्रतिस्प्रर्धा हुनेछ । खेलमा जर्ज टेलिग्राफ कोलकता र यूनाइटेड सिक्किम फुटबल क्लवले ६ र ७ गते खेलेका टिममध्ये विजयीसँग मैदानमा उत्रनु पर्नेछ । 
 
त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी बलबीच फागुन १० गते खेल हुनेछ । बंगलादेश फुटबल क्लव र मनाङ्ग–मस्र्याङ्गदी क्लवबीच ११ गते खेल हुने आयोजकले सार्वजानिक गरेको खेल तालिकामा उल्लेख छ ।  त्यसपछिको सेमीफाइनल खेल १२ र १३ गते हुनेछ भने फाइनल खेल १५ गते हुने तय गरिएको छ ।
 
स्थानीय शहीद रंगशालामा आयोजक हुने खेलकुदका लागि सबै तयारी पूरा भएको आयोजक विराट गोल्डकपका अध्यक्ष राजेन्द्र राउतले पत्रकार सम्मेलनमा जानकारी दिए । आयोजक टिम मोरङ फुटबल क्लवको प्रायोजन राउत कन्ट्रक्सन प्रालिले गर्ने समेत बताइएको छ । 
 
विजेताले पाँचलाख नगदसहित शिल्ड र ट्रफी जित्नेछ भने उप–विजेताले ३ लाख नगद पाउने छ । गतवर्ष सहभागी भएका नेपालका दुई टिम नेपाल  पुलिस क्लव र थ्रीस्टार फुटबल क्लव भने सहभागी नहुने भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ