बिर्तामोड । नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको निधन भएपछि स्थगित भएको झापाको पाँचवटा क्षेत्रमा सोमबार जिल्ला सदस्यको निवार्चन सम्पन्न भएको छ । निर्वाचनको पछिल्लो परिणाम अनुसार क्षेत्र नं. १ बाट जिल्ला सदस्यमा चन्दन मेचे, सुवेश पनेरु, निरज घिमिरे र पुष्पराज पौडेल निर्वाचित भएका छन् । यसक्षेत्रबाट महिला आरक्षण जिल्ला सदस्यमा डम्बरकुमारी थापा मगर यसअघि नै निर्विरोध निर्वाचित भएकि थिइन् ।
त्यसैगरी क्षेत्र नं. २ बाट लक्ष्मण खड्का, जेके गुरुङ, युवराज बिमली र पुस्तकराज नेपाल निर्वाचित भए भने महिला आरक्षण सिटमा पार्वता गिरी निर्वाचित भइन् । यस्तै क्षेत्र नं. ४ मा गोपाल उप्रेती, मदन नेम्वाङ विक्रम नेम्वाङ, भिष्म मिश्र र लय भण्डारी विजयी भएका छन् । महिला आरक्षणतर्फ सरस्वती सिटौला गोले यसअघि नै निर्विरोध निर्वाचित भएकि थिइन् ।
क्षेत्र नं. ५ बाट भगिरथ पोद्धार, नुरमोहम्मद मिया, रतनबहादुर लिम्बू थिङलाबो र उमाराम प्रसाईं विजयी भए । महिला आरक्षणतर्फ निर्मला कन्दङ्वा निरु निर्वाचित भइन् । त्यसैगरी क्षेत्र नं. ७ मा राजेन्द्रप्रसाद भण्डारी, रवि न्यौपाने खत्री र विक्रम अधिकारी निर्वाचित भएका छन् महिला आरक्षण कोटाको जिल्ला सदस्यमा मेनुका बुढाथोकी विजयी भएको निर्वाचन समितिले जनाएको छ । झापाको क्षेत्र नं. ३ र ६ मा भने गत माघ १५ गतेनै जिल्ल सदस्यहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।