arrow

साग पुरुष फुटबल फाइनल : इतिहास रच्यो नेपालले, भारत २–१ ले पराजित

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
nepal-Vs-India-football-1-FNL.jpg.jpeg
काठमाडौं । १२ औ दक्षिण एसियाली खेलकुद साग पुरुष फुटबलको फाइनलमा विजयी हुँदै  नेपालले इतिहास रचेको छ । नेपाले भारतलाई २– १ ले हराउँदै इतिहास रचेको हो  नेपाल २३ वर्षपछी साग च्याम्पियन बन्यो । यो संगै नेपालले साग फुटबलमा यसअघि १९८४ र १९९३ को इतिहास सम्झाएको छ । २३ वर्षपछी नेपालले सागमा इतिहास रच्दै स्वर्ण जित्यो । 
 
  • १२ औ दक्षिण एसियाली खेलकुद साग पुरुष फुटबलको फाइनलमा विजयी हुँदै  नेपालले इतिहास रचेको छ । नेपाले भारतलाई २– ले हरउँदै इनितहास रचेको हो l 21:10:08

  • विकेशको उत्कृष्ठ बचाउ ।  21:06:46

  • निर्धारित ९० मिनेट सकियो । नेपाल जित नजिक ।  21:04:45

  • विराज महर्जन घाइते भए ।  21:03:28

  • ८६ मिनेट घर्कियो । नेपाल २–१ ले अघि । कुथुको उतकृष्ठ बचाउ ।  21:00:56

  • भारतको प्रहार विफल । पहिलो गोल खाएका कुथु सशक्त ।  20:58:06

  • ८० मिनेटको खेल सकियो ।  20:54:32

  • विकेश कुथु घाइते भए ।  20:53:34

  • भारतको प्रहार विफल ।  20:53:08

  • प्रकाश बुढाथोकीले  ६५औ मिनेटमा पहिलो गोल गरे । ७०औं मिनेटमा नवयुग श्रेष्ठले नेपालका लागि दोस्रो गोल गरे । नेपाल २–१ ले अघि ।  20:50:56

  • नेपाल गोल खानबाट जोगियो । कुथुको उत्कृष्ठ बचाउ ।  20:48:42

  • नेपाललाई दोस्रो सफलता । गोल  20:45:54

  • खेल सनसनीपूर्ण । बल नेपालको कब्जामा ।  20:43:57

  • गोल गरेसंगै नेपाली खेलाडी उत्साही ।  20:41:43

  • नेपालको गोल । १–१ को बराबरी ।  20:40:09

  • नेपालको सशक्त प्रहार । भारतीय किपरले रोके ।  20:37:43

  • ६० मिनेटको खेल सकियो ।  20:35:01

  • नेपालको सशक्त प्रहार विफल । 20:32:52

  • खेल सनसनीपूर्ण ।  20:31:37

  • ५२ मिनेटको खेल सकिएको छ । नेपाल १–० ले पछी ।  20:26:36

  • दोस्रो हाफ सुरु भएको छ ।  20:21:06

  • नेपालले अन्तिम पटक सन् २००६ मा कांस्य पदक जितेको थियो । नेपालले सन् १९८४ मा काठमाडौंमा भएको तत्कालिन साफ गेम्समा पहिलो स्वर्ण जितेको थियो । १९९३ मा बंगलादेशको ढाकामा भएको साग गेम्समा फुटबलतर्फ स्वर्ण जित्दै स्वर्ण संख्या दुई बनायो । सन् १९८७ मा भारतको कोलकाता र १९९९ मा काठमाडौंमै भएको साग फाइनलमा पराजित हुँदै रजत जितेको थियो । नेपालले १९८५ मा बंगलादेशको ढाका र सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको सागमा कास्य हात पारेको हो ।  20:11:09

  • दक्षिण एसियाली खेलकुदको फुटबलतर्फ हालसम्म नेपाल दुई स्वर्ण, दुई रजत र दुई कास्य जित्न सफल भएको छ ।  20:08:54

  • विकेशको उत्कृष्ठ बचाउ । पहिलो हाफ सकियो । नेपाल १–० ले पछी  20:06:40

  • पहिलो हाफ सकिँदै ।  20:01:56

  • भारतको प्रयास विफल । 19:57:46

  • भारतको फ्रिकिक विफल 19:55:05

  • भारतद्वारा पेनाल्टी सदुपयोग । १ गोल  19:49:58

  • २६ मिनेटको खेल सकियो । 19:43:40

  • २१ औं मिनेटको खेल सकियो । दुवै तिरका खेलाडी आक्रामक । 19:38:03

  • भारतीय खेलाडी घाइते भए ।  लडे   19:36:21

  • खेलाडीबीच हात हाला हाल । मैदानमै तनाब । 19:35:04

  • विकेश कुथुको बचाउ  19:30:05

  • १२औं मिनेटको खेल सकियो । नेपाल आक्रामक  19:28:48

  • खेल सुरु भएको छ । दुवै तर्फका खेलाडी मैदान प्रवेश गरिसकेका छन् ।  19:18:17



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ