arrow

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्नाका लागि कार्यदल गठन

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
karnali-Academy-of-health-sciences.jpg

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह (एमबीबीएस) तहमा भर्नासम्बन्धी अध्ययन शुरु गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वका कार्यदल गठन गरिएको छ । 

कार्यदलमा चिकित्सकद्वय जीवन क्षेत्री, केदार बराल तथा कर्णाली प्रदेश सरकारका प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि एवं सुर्खेत अञ्पतालका प्रतिनिधिसमेत रहेको शिक्षा मन्त्रालयले जनाएको छ । 

सरकार र चिकित्सक डा गोविन्द केसीका बीचमा साउन १० गते भएको सहमति कार्यान्वयन गर्न सो कार्यदल गठन गरिएको हो । 

सहमतिको प्रमुख बुँदाका रूपमा रहेको चिकित्सा शिक्षा विधेयक संशोधनका क्रममा प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिमा छलफलका क्रममा रहेको र सो विधेयकमाथि २२ वटा संशोधन दर्ता भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ