arrow

मजाक बने सलमान खान

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
salmankhan-newpic.jpg.jpeg

काठमाडौं । बलिउड दबंग स्टार सलमान खान पटक पटक मजाकका पात्र बन्दै आएका छन् । कहिले कुनै विषयमा छिट्टै प्रतिक्रिया दिन्छन् र मजाक बन्छन् । कहिले ढिला प्रतिक्रिया दिन्छन् र मजाक बन्छन् । 

सलमानले भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनको पाँच दिनपछि शोक व्यक्त गरेर मजाकका पात्र बनेका छन् । 

उनले पाँच दिनपछि दिएको प्रतिक्रयालाई मजाक बनाउने क्रममा एक जनाले ‘अहिले भर्खर याद आएछ यतिदिनसम्म के गाँजा खाएर सुतिरहेका थियौ ?’ भनेर प्रतिक्रिया दिएका छन् । 

वाजपेयीको साउन ३१ गते साँझ निधन भएको थियो । पाँच दिनपछि श्रद्धाञ्जली दिने क्रममा सलमानले ‘अटलजी एक महान नेता थिए, महान राजनेता, वक्ता तथा असाधारण व्यक्तिलाई गुमाउँदा दुःख भएको छ ।’ भनी ट्वीट गरेका थिए । 

एक सामाजिक संजाल प्रयोगकर्ताले लेखेका छन्, ‘भाइलाई समाचार आयो.......भाइ कुन न्यूजपेपर आयो ?’ 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ