arrow

कार्यकर्ताको माग अनुसार सभापति पदमा मेरो उम्मेदवारीः प्रधान

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
bhimsen.jpg.jpeg
काठमाडौ। नेपाली काँग्रेस काठमाडौ जिल्ला सभापति भीमसेन दास प्रधानले कार्यकर्ताको माग अनुसार आफूले पुन उम्मेदवारी घोषणा गरेको बताएका छन । प्रधानले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने योजनामा रहे पनि कार्यकर्ताको दवावले पुन सभापतिमा उम्मेदवारी दिन बाध्य भएको बताए । 
 
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई सस्थापन पक्षका रामचन्द्र पौडेल र देउवाको समेत समर्थन रहेको दावी गर्दै आफू कार्यकर्ता तहबाट राजनीति गर्दै यहाँ सम्म आईपुगेकोले जित निश्चित रहेको बताए ।  उनले आफ्नो कार्यकालमा काठमाडौ जिल्लामा कार्यकर्ताको उपचारको लागि कोष खडा गरेको, दुई पटक जिल्ला सभापतिहरुको भेला गरेको र सबै दलका संसदहरुको संयन्त्र गठन गरेको भन्दै अर्को कार्यकाल विजयी भए कार्यकर्ताहरुकोलागि काठमाडौ आउँदा बसोबासको ब्यवस्था गर्ने प्रतबिद्धता ब्यक्त गरे । 
 
उनले आफ्नो कार्यकालमा काठमाडौमा कम्यूनिष्टहरुको गढ ध्वस्त बनाएर ८ सिटमा पार्टीलाई विजय बनाएको भन्दै आगामि कार्यकालमा सबै क्षेत्र र स्थानीय निकायको निर्वाचन काग्रेसको पक्षमा पार्न लाग्ने बताए । उनले पार्टीलाई कुनै गुट भन्दा पनि पार्टीको विधान र भावना अनुसार चलाउने प्रतिबद्धता ब्यक्त गर्दै निर्वाचनमा पराजितलाई पनि मिलाएर लिएर जाने बताए । पत्रकार सम्मेलनमा सभापतिमा प्रधानसहित सचिवमा अर्जुन पराजुली र कोषाध्यक्ष नर्वदा पोख्रेलको उम्मेदवारी घोषणा गरिएको थियो ।
 
पत्रकार सम्मेलनमा सचिव पदका उम्मेदवार अर्जुन पराजुलीले नेविसंघ र तरुण दलमा रहेर आफूले पार्टीकोलागि आफ्नो क्षमता प्रष्ट पारिसकेको भन्दै यो टिमले जिते काठमाडौ काग्रेस सस्थागत ढंगले अघि बढ्न सक्ने दावी गरे । कोषाध्यक्ष पदकी उम्मेदवार नर्वदा पोख्रेलले महिलाहरुलाई स्थापित गर्नलाई आफ्नो उम्मेदवारी भएको बताईन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ