arrow

यी हुन् विश्वका महंगा १० कलाकार, अक्षयले पछाडि छाडे सलमानलाई 

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
salman_akshaya.jpg

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले सबैभन्दा बढी कमाइ गर्ने भारतीय नायकको इतिहास रचेका छन् । सबैभन्दा बढी कमाइ गर्ने विश्वकै अभिनेताको लिष्टमा अक्षय सातौं नम्बरमा आएका छन् । 

फोब्र्स पत्रिकाको विश्वकै सबैभन्दा महंगा कलाकारको लिष्टमा अक्षय पनि परेका छन् । अक्षयको वार्षिक कमाई ४५३.६ करोड रुपैयाँ रहेको सार्वजनिक भएको छ । 

बलिउडका अर्का अभिनेता सलमान खान भने ४३१.२ करोड रुपैयाँका साथ नवौं नम्बरमा छन् । 

अक्षय गत वर्ष सलमान भन्दा एक स्थान पछाडि थिए । अर्का खान शाहरुख खान भने गत वर्ष ३८८.८ करोड रुपैयाँका साथ आठौं नम्बरमा थिए भने अहिले शीर्ष दश भित्र अटेनन् । 

कसको कमाइ कति ? नेरुमा 
१, जर्ज क्लुनी –२६७६.८ करोड 
२, इवेन जोन्सन –१३८८.८ करोड  
३, रोबर्ट डाउन जुनियर –९०७.२ करोड
४, क्रिस हेमस्वोर्थ – ७२२.४ करोड
५, ज्याकी चेन – ५०९.६ करोड
६, विल स्मिथ –४७०.४ करोड
७, अक्षय कुमार  –४५३.६ करोड 
८, एडम सेन्डलर  –४४२.४ करोड
९, सलमान खान –४३१.२ करोड
१०, क्रिस इभान्स  –३८०.८ करोड ।

अक्षर र सलमान विश्वका १०० मनोरञ्जकको लिष्टमा पनि सामेल भएका छन् । अक्षय ७६ औं तथा सलमान ८२ औं स्थानमा छन् । 

अमेरिकी बक्सर फ्लायड मेवेदर पहिलो नम्बरमा छन् । उनको वार्षिक कमाई ३१२३.२ करोड रुपैयाँ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ