arrow

काँग्रेस चितवनको सभापतिमा जीतनाराण श्रेष्ठ

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
jitnarayan-shrestha-team.jpg.jpeg
चितवन। नेपाली काँग्रेस चितवनको १३ औं जिल्ला अधिवेशनबाट सभापतिमा निवर्तमान सचिव जीतनारायण श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले ५०१ मत ल्याएका थिए भने प्रत्याशी दिनेश कोइरालाले ३३७ मत प्राप्त गरेका थिए। कुल ८ सय ७३ मत खसेको थियो। मत परिणाम घोषणा पछि सभापतिमा निर्वाचित श्रेष्ठले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता जनाए। निर्वाचिनमा प्रतिस्पर्धा भएपनि पार्टीमा कुनै किसिमको गुटउपगुट आउन नदिने सभापति श्रेष्ठले प्रतिवद्धता जनाए।
 
यस्तै सचिव तर्फ युवा नेता उत्तम जोशी निर्वाचित भए। उनले ३१० मत प्राप्त गरे भने प्रत्यासी कैलाश कोइरालाले २५२ र शालिग्राम शर्माले २९१ मत प्राप्त गरे। यस्तै यसअघि माघ २५ गते भएको निर्वाचनमा कोषाध्यक्षमा शंकर कँडेल निर्विरोध निर्वाचित भईसकेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ