arrow

यो वेबसाइटमा भाडामा पाइन्छ अण्डरवेयरदेखि युवतीसम्मको सेवा

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
sewa.jpg

काठमाडौं । भनिन्छ संसारमा पैसाले सबै कुरा किन्न सकिन्छ तर आमाबाबु सकिँदैन । जापानमा एक यस्तो पसल पनि रहेको छ, जहाँ पैसाले गाडी, कपडाका साथै आमाबाबु पनि खरिद गर्न सकिन्छ ।

 जापानको एक वेबसाइटमा आमाबाबुका साथै श्रीमती र बच्चाहरु पनि भाडामा खरिद गर्न सकिन्छ ।  rent-a-wife-ottawa.com नामको उक्त वेबसाइटमा संसारको सबैकुरा उलब्ध गराइने गरिएको छ । यद्यपि त्यसको लागि मोटो रकम खर्च गर्नुपर्ने हुन्छ ।
 
सो वेबसाइटमा सजावटका सामग्रीहरुदेखि लिएर आमाबाबु, श्रीमती पनि भाडामा लिन सकिन्छ भने घरमा बच्चाहरु नभएर दिक्दार भएको समयमा बच्चाहरुलाई भाडामा लिन सकिन्छ । साथै बच्चालाई होमवर्क गराउनमा पनि समस्या छ भने होमवर्क गराउने मानिस पनि भाडामा पाइन्छ ।

वेबसाइटको दाबीअनुसार सो वेबसाइटमा कुरा गर्नको लागि मात्र पनि केटा वा केटी साथी भाडामा लिन पाइन्छ । साथै सो वेबसाइटमा छात्तीमा टाँसिएर सुत्ने महिला पनि भाडामा पाइन्छ । चाहेको खण्डमा उनीहरुलाई सिरानी बनाएर पनि सुताउन सकिन्छ ।
 
त्यसका साथै सो वेबसाइटमा कुनै पार्टीको लागि पाहुना कम भए पनि भाडामा पाहुनाहरु लैजान सकिन्छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ