arrow

दक्षिण एसियाली खेलकुद ‘साग’ : २३ वर्षपछी तेस्रो स्वर्ण, इतिहास रच्यो नेपालले, भारत २–१ ले पराजित

फेरि ‘४’ गोलकै संयोग

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
nepal-win.jpg.jpeg
काठमाडौं । १२औं दक्षिण एसियाली खेलकुद साग पुरुष फुटबलको फाइनलमा विजयी हुँदै  नेपालले इतिहास रचेको छ । नेपाले भारतलाई २–१ ले हराउँदै इतिहास रचेको हो । नेपाल २३ वर्षपछी साग च्याम्पियन बन्यो । यो संगै नेपालले साग फुटबलमा यसअघि १९८४ र १९९३ को इतिहास सम्झाएको छ । २३ वर्षपछी नेपालले सागमा इतिहास रच्दै स्वर्ण जित्यो । भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा भएको फाइनलमा नेपालका लागि प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरे । बुढाथोकीले ३५ औं भारतका हरिचरण नर्जरीले गरेको गोलको जवाफमा ६५आंै मिनेटमा फ्रिकिक मार्फत गोल गरे । जुन गोल नेपाली टोलीको उत्साहको अस्त्र बन्यो । ७१औं मिनेटमा नवयुग श्रेष्ठले गरेको गोल निर्णायक बन्यो । 
 
साग गेम्समा पुरुष फुटबलको स्वर्ण प्रतिष्ठा मानिन्छ । नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबल फाइनलले खेलेको यो पाँचौं पटक हो । सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ४–३ गोल अन्तरले हराएको थियो । भारतले  सेमिफाइनलमा बंगलादेशलाई पन्छाउँदै फाइनल यात्रा तय गरेको थियो । नेपाल र माल्दिभ्सबीच हाल सम्म रहेको ‘४’ गोलको संयोगले कि नेपालले उपाधि जितेको छ कि माल्दिभ्सले । यसअघि, बंगबन्धु गोल्डकपमा समेत सेमिफाइनलमा नेपालले माल्दिभ्सविरुद्ध ४ गोल गरेको थियो । जुन संयोगले नेपाल बंगबन्धु च्याम्पियन बन्यो । 
 
सागमा महिला फुटबल टोली पराजित हुँदा नेपाली यू–२३ पुरुष टोलीले सो हारको समेत बदला लिएको छ । दक्षिण एसियाली खेलकुदको फुटबलतर्फ नेपालले यो सहित तीन स्वर्ण, दुई रजत र दुई कास्य जित्न सफल भएको छ । नेपालले यसअघि, सन् २००६ मा कांस्य पदक जितेको थियो । 
 
नेपालले सन् १९८४ मा काठमाडौंमा भएको तत्कालिन साफ गेम्समा पहिलो स्वर्ण जितेको थियो । १९९३ मा बंगलादेशको ढाकामा भएको साग गेम्समा फुटबलतर्फ स्वर्ण जित्दै स्वर्ण संख्या दुई बनाएकामा अब तीन भएको छ ।  सन् १९८७ मा भारतको कोलकाता र १९९९ मा काठमाडौंमै भएको साग फाइनलमा पराजित हुँदै रजत जितेको थियो । नेपालले १९८५ मा बंगलादेशको ढाका र सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको सागमा कास्य हात पारेको थियो । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ