arrow

‘साग’ स्वर्ण विजेता नेपाली फुटबल टोलीलाई प्रधानमन्त्रीको बधाई

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
kp ili.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको विजेता नेपाली राष्ट्रिय टिमलाई बधाई एवं शुभकामना दिएका छन् । प्रधानमन्त्रीले साग खेलकुदमा २३ वर्षपछि प्राप्त जीतले नेपालको शीर उचो बनाएको भन्दै खेलाडी, प्रशिक्षक एवं खेलसँग सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट र सरकारको तर्फबाट बधाई दिए । प्रधानमन्त्रीले भनेका छन्, ‘नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय हुनेछ ।’ सरकारले खेलाडीको सम्मानमा कुनै कमी आउन दिने छैन ।’
 
प्रधानमन्त्रीले सागको महिला फुटबल टिम पनि फाइनलसम्म पुग्न सफल भएकोमा बधाई दिंदै आगामी दिनमा अझै राम्रो तयारी गरे सफल भइने विश्वास गरेका छन् । सागमा स्वर्ण, रजत र कांस्य पदक विजेता खेलाडीलाई पनिप्रधानमन्त्रीले बधाई दिएको प्रेस संयोजक चेतन अधिकारीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ