arrow

जोन एफ केनेडीको सम्मान पाउन सक्छन् कमलले, सघाउने शुक्रबार अन्तिम दिन

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
jci.JPG

काठमाडौं । विश्वभर संजाल रहेको र मानवीय क्षेत्रमा कृयाशिल जेसिआइले हरेक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका १० उत्कृष्ट व्यक्तिलाई छनोट गरी पुरस्कृत गर्दै आएकामा यसपटक भोटिङ गर्ने अन्तिम दिन भदौ ८ गते शुक्रबार हो । 

विश्वभरबाट छानिएका २० जना मध्ये एकजनामा डा कमल लामिछाने पनि हुन् । उनलाई जिताउन भोट गर्न क्याम्पेन पनि चलिरहेको छ । 

उनी दृष्टिविहीन भएर पनि पीएचडी गर्ने पहिलो नेपाली हुन् । उनको उर्जा बेजोड छ । 

को हुन् कमल ? 
डा कमल लामिछाने विद्यावारिधी गर्ने नेपालकै पहिलो दृष्टिविहीन व्यक्ति हुन् । दृष्टिविहीन भएकै कारण १२ वर्षको उमेरसम्म पढ्न नपाएका लामिछाने चितवनस्थित कालिका नगरपालिका वडा नं ७ का स्थायी बासिन्दा हुन् । 

उनले सन् २०१० सालमा २९ वर्षको उमेरमा टोक्यो विश्वविद्यालयबाट पिएचडी गरेका हुन् । हाल उनी जापानको चुकुबा विश्वविद्यालयका सहप्राध्यापक छन् । 

चुकुबामा अध्यापन गर्नु पूर्व उनी जाइका अनुसन्धान केन्द्रमा अनुसन्धानकर्ताका रूपमा कार्यरत थिए । उनका शिक्षाका साथै अपांगतासम्बन्धी थुप्रै अनुसन्धानमूलक प्राज्ञिक आलेखहरू अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् । 

लामिछानेको विकासोन्मुख मुलुकमा अपांगता, शिक्षा र रोजगारी नामक क्याब्रिज विश्वविद्यालयबाट २०१५ सालमा प्रकाशित पुस्तकलाई जापान सोसाइटी फर इन्टरनेश्नल डिभेलोपमेन्टले २०१६ सालमा पुरस्कृत गरेको थियो । 

आत्मविश्वास, परिश्रम र सकारात्मक सोचमा विश्वास राख्ने उनले संयुक्त राष्ट्र संघको दीगो विकाशका लक्ष्यहरूमा अपागंतालाई समेट्न महत्वपूर्ण भूमिका खेलेका थिए । 

विश्व बैंक र संयुक्त राष्ट्रसंघका अलावा उनले एशिया, उत्तर र दक्षिण अमेरीका अनि अष्ट्रेलियामा बिभिन्न समयमा शिक्षा र रोजगारीका बारेमा अनुसन्धानमा आधारित लेक्चरहरू दिँदै आएका छन् ।

कसरी गर्ने भोटिङ ?

१, यो लिङ्कमा क्लिक गरौं। https://toyp.jci.cc/
२, कमलको फोटोमा क्लिक गरौं ।
३, फोटो मुनि रहेको लाइक बटनमा क्लिक गरौं ।

स्मरणीय रहोस् अमेरिकी राष्ट्रपति स्वर्गीय जोन एफ केनेडीले पनि जेसीआइको यो सम्मान पाएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ