arrow

हुवावे र जेटीईका ५जी नेटवर्कमाथि अष्ट्रेलियामा प्रतिबन्ध 

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
huawei1.jpg

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनीहरु हुवावेले अष्ट्रेलियामा आफ्नो ५जी प्रविधिको सेवाहरुमाथि प्रतिबन्ध लगाइएको बताएको छ । हुवावेले दिएको जानकारीअनुसार अर्को चिनियाँ कम्पनी जेटीईका उक्त सेवाहरुमाथि पनि अष्ट्रेलियाको सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

अष्ट्रेलियाको सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै आफ्नो उक्त सेवामा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । कम्पनीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्ना प्रयोगकर्ताहरुको लागि यो निकै दुखद् समाचार रहेको बताएको छ । हुवावे कम्पनीले इन्टरनेट सेवाको नयाँ प्रविधि ५जी सेवा ल्याउने तयारी गरिरहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो ।

मोबाइल इन्टरनेटमा आमूल परिवर्तनको लागि अघि बढिरहेको हुवावे अहिले ५जीको सेवा बजारमा ल्याउने तयारीमा रहेको छ । 


४जी सेवाको हिसाबमा निकै गुणस्तरीय इन्टरनेट सेवा दिने गरी ५जी प्रविधि बजारमा ल्याउने तयारी भइरहेको छ । केही मुलुकहरु अबको केही समयमा ५जी मोबाइल नेटवर्कको सेवा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् तर विश्लेषकहरुले भने केही मुलुकहरु मात्र यसमा सफल हुने बताइरहेका छन् । सन् २०२० भित्र यो सेवा विश्व बजारमा ल्याउने गरी अहिले काम भइरहेको हो । 

विश्लेषकहरुले अष्ट्रेलियामा दूरसञ्चार उपकरणहरु आपूर्तिमा लगाइएको रोकले भने आगामी दिनमा मुलुकको इन्टरनेट क्षेत्रमा नकारात्मक किसिमको असर पार्नसक्ने बताएका छन् । 

हुवावे दूरसञ्चार उपकरणहरु निर्माण गर्ने विश्वको सबैभन्दा ठुलो कम्पनी हो । साथै यो कम्पनी स्मार्टफोन बिक्रीको हिसाबमा पनि अहिले दोस्रो स्थानमा रहेको छ । यसअघि गत जुलाई महिनामा बेलायतले राष्ट्रिय सुरक्षाको विषयमा चासो राख्दै हुवावेलाई केही हदसम्म मात्र सेवा प्रदानको लागि अनुमति दिएको थियो । 

साथै जेटीईको सेवाको विषयमा भने बेलायतमा प्रश्न उठेको थियो र उसलाई पनि सेवामा कुनै अवैध कार्य नगर्नका लागि चेतावनी दिइएको थियो । 

५जीको सेवा प्रदान गर्ने क्रममा यसको धेरैजसो हिस्सा सफ्टवेयरबाट सञ्चालित हुनसक्ने विश्लेषकहरुको भनाइ छ । यसले पनि धेरै मुलुकहरुमा सुरक्षाको चासो बढेको हो । हुवावेले भने आफ्नो उत्पादनहरुमा सुरक्षाको जोखिम हुने केही सामग्रीहरु नभएको बताएको छ । उनले ५जीमा विश्वको सबैभन्दा अगाडि रहेको कम्पनीका उत्पादनहरु सुरक्षित रहेको बताएको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ