arrow

नेपालको राष्ट्रिय गान भारतको रंगशालामा रोकिएपछि यसरी गाए खेलाडीहरुले (भिडियो सहित)

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
nepal-win.jpg.jpeg
काठमाडौं। ओलम्पिक होस वा साग गेम जहाँ पनि देशको प्रतिनिधित्व गर्दै खेल जीतेपछि त्यस देश र देशका खेलाडीको सम्मानमा राष्ट्रिय गान बजाउने चलन छ। नेपालले भारतको गुवाहटीमा भारतलाई नै फुटवलको फाइनलमा हराएपछिको पुरस्कार वितरण समारोहमा पनि नेपालको राष्ट्रिय गान पुरा बजाउनुपर्ने थियो। बजाउन शुरु पनि गरेको थियो। तर पुरै बजाएन। बीचमा एक्कासी रोकियो। 
 
भारतको भुमिमा उसैलाई फाइनलमा हराएका नेपाली खेलाडीहरु र अफिसियलहरु अनि उनीहरुलाई हौस्याउन त्यहाँ जम्मा भएका सबै नेपालीहरुले भारतीयले राष्ट्रिय गान बन्द गरेपनि गाउन छोडेनन। झन ठूलो स्वरमा गाइरहे। उनीहरुले राष्ट्रिय गान पुरा गरेरै छाडे। 
 
टीभी हेरिरहेका नेपालीहरु भने भारतीयको यो हेपाहा प्रवृती भन्दै आक्रोशित भए। नेपालीहरुले सो दृश्यलाई दुरदर्शन टीभीमार्फत हेरिरहेका थिए। कतिपयले सो दृश्यलाई मोवाइलमा पनि कैद गरेका छन्। भारतीयले राष्ट्रिय गान रोक्नुको कारण बताएको छैन। प्राविधिक वा अन्य कुनै पनि कारणबाट रोकिएको भएपनि लामोसमय नाकावन्दी बेहोरेका नेपालीहरुले आफूहरुलाई हेरपेको होकी भन्दै आक्रोशित भएका छन्। प्रस्तुत छ भारतीय रंगशालामा धुन बीचैमा बन्द हुँदा नेपाली खेलाडीहरुले गाएको राष्ट्रिय गीतः  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ