arrow

यी हुन् जापानको पहिलो महिला लडाकु विमान पाइलट

भन्छिन्ः टप गन चलचित्र हेरेपछि फाइटर पाइलट बन्ने सपना देखें

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
pilot.jpg

काठमाडौं । जापानले मुलुकको इतिहासमै पहिलो पटक फाइटर विमान चालकमा महिला नियुक्त गरेको छ । परम्परागत रुपमै पुरुषको बोलवाला रहेको जापानी समाजमा फाइटर विमान चालक महिला नियुक्त गरेको विषयलाई लैंगिक समताको हिवासले ठूलो उपलब्धी मानिएको छ ।

सन् २०१४ मा न्याशनल डिफेन्स एकेडेमीबाट ग्य्राजुएट गरेकी २६ वर्षीया पहिलो महिला लेफ्टिनेन्ट मिसा मात्सुशिमा जापान एयर सेल्फ डिफेन्स फोर्समा पाइलट बनेकी हुन् । जापानी फौजमा १३ हजार ७ सय ७ जना महिला सैनिक छन् ।

मिहला सैनिकको यो संख्या जापानी सेनाको ६ दशमलब १ प्रतिशत हिस्सा मात्रै हो । यही साताको शुरुमा फाइटर विमान चालकको तालिमा पुरा गरेकी मात्सुशिमालाई आज शुक्रबार आयोजित विशेष समारोहमा औपचारिक रुपमै फाइटर पाइलटको जागिर दिइएको हो ।
 
आफु प्राथमिक तहमा पढ्दा हेरेको टप गन चलचित्र हेरेपछि, आफुले पनि फाइटर जेट पाइलट बन्ने सपना देखेको उनले बताइन् । पहिलो महिला फाइटर पाइलट बनेपछि आफुले अरुका लागि बाटो खोलिदिएको उनको भनाइ छ । साथै उनले आफुले जनताको अपेक्षा नमर्ने गरी काम गरेर देखाउने बाचा पनि गरिन् ।

अरु महिलालाई पनि फाइटर पाइलट बन्ने प्रेरणा जगाउने गरी काम गर्ने उनको भनाइ छ । लडाकु विमानको तालिम लिनुअघि नै जापानको पूर्वी शहर योकोहामाकी मात्सुशिमाले सन् २०१५ मै पाइलटको लाइसेन्स लिएकी थिइन् ।

 अब उनले न्यूताबारु हवाइ हड्डामा रहेर एफ फिफटिन फाइटर जेड उडाउनेछिन् । डबल इन्जिनको एफ फिफ्टिन जेट, अरु जेटसँगै आकाशको गस्तीमा खटिनेछ । यो लडाकु विमानले आठ वटा रेडार र इन्फ्रारेड क्षेप्यास्त्र बोक्ने क्षमता राख्छ । यो लडाकु विमान प्रतिघण्टा १ हजार ९ सय १८ माइलको गतिमा उड्न सक्छ ।

 जापानको एयर सेल्फ डिफेन्स फोर्सले सन् १९९३ सम्म महिलालाई आवेदन हाल्न समेत दिएको थिएन । त्यस्तै सन् २०१५ सम्म जापानमा महिलालाई लडाकु विमान र निगरानी गर्ने विमान उडाउन रोक लगाइएको थियो । जापानी सेल्फ डिफेन्स फोर्सले सन् २०३० सम्म संगठनमा महिला सैनिकको संख्या ९ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ