arrow

सत्यकृतको 'जिन्दगी'

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
satyakrit1.JPG

काठमाडौं । गीत सङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल सत्यकृत ब्यान्डले जिन्दगी बोलको नयाँ गीत सार्वजनीक गरेको छ । दर्शक वर्गमा आफ्नो बेग्लै प्रस्तुति दिँदै आएको सत्यकृत ब्याण्डले शुक्रबार आफ्नै युटुब च्यानल मार्फत् गीत सार्वजनिक गरेको हो ।

जिन्दगी बोल रहेको उक्त गीतको यूएईको दुबईमा सुटिङ गरिएको छ । छायांकन प्रकाश नेउपानेले गरेको उक्त गीतमा स्वर प्रजीत लामाको रहेको छ भने शब्द, सत्याकृत ब्याण्डकै संस्थापक विजय गौतम को रहेको छ ।

गहन शब्द ,उत्कृस्ट सङ्गीतले सुसज्जित गीतले सत्याक्तको अघिल्लो पटकका गीतहरुझैं राम्रा प्रतिक्रिया र माया बटुल्न सफल हुनेमा सत्यकृत आश्वस्त छ ।

 सत्यकृत ब्यान्ड नेपालकै पहिलो आध्यात्मिक साङ्गितिक ब्याण्ड हो ।

 गीत सङ्गीतलाई नै माध्यम बनाई सत्यकृत मानवता, एकता, आध्यात्मिकताको साकारात्मक उर्जा वृद्धिकरणको निम्ति प्रेरणा स्वरूप, गीति सन्देश, गीती आनन्द  छर्ने प्रयास गर्दै आइरहेको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ