arrow

फेसबुकका ४० लाख खाताहरु जोखिममा 

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
facebook.jpeg

एजेन्सी। अमेरिकी सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो करिब ४० लाख खाताहरु जोखिममा रहेको बताएको छ। आफ्नो प्लेटफर्ममा तेस्रो एपको क्रममा फेसबुकका प्रयोगकर्ताहरुको विवरणहरुको गलत प्रयोग हुनसक्ने बताएको हो। फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका सबै एपहरुबाट विशेष सजग रहनुपर्ने बताएको छ। 

यसअघि पनि फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका केही एपहरु बन्द गर्ने निर्णय गरेको थियो। कम्पनीले केही सुरक्षाहरु दिन त सक्ने तर धेरैजसो विवरणहरु चुहिने सम्भावना पनि हुने भएकोले विशेष सजगता अपनाउनका लागि प्रयोगकर्ताहरुलाई फेसबुकले सुझाव दिएको छ।

फेसबुकले आफ्नो प्लेटफर्ममा विवरणहरु सेयर गरेका ४० लाख मानिसहरुको विवरण जोखिममा रहेको बताएको हो। फेसबुकमा माईपर्सनालिटीसँग आफ्नो विवरणहरु सेयर गरेका प्रयोगकर्ताहरुलाई समस्या हुनसक्ने बताइएको हो। 

गएको मार्चयता फेसबुकले हजारौं एपहरुको विषयमा अनुसन्धान गरिरहेको छ। यसअघि फेसबुकका आठ करोड ७० लाख मानिसहरुको विवरणहरु चुहिएको विवरण सार्वजनिक भएसँगै फेसबुक अहिले समस्यामा रहेको छ। साथै उसले आफ्नो सञ्जालका प्रयोगकर्ताहरुको विषयमा धेरै सुरक्षा चासो दिने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ