arrow

गुगलले अफलाइन भएको अवस्थामा पनि प्रयोगकर्ताबाट डाटा संकलन गर्छ

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
alphebet-google.jpg

एजेन्सी। एन्ड्रोइड मोबाइल फोनहरुले आईओएस भर्सनको तुलनामा १० गुणा बढी विवरणहरु संकलन गर्ने गरेको तथ्य सार्वजनिक भएको छ। मानिसहरुको व्यक्तिगत विवरणहरु एन्ड्रोइड मोबाइलले बढी संकलन गर्ने गरेको पाइएको हो। गोपनीयताको मामिलामा एप्पलका स्मार्टफोन प्रयोग गर्ने मानिसहरु निकै सुरक्षित रहेको अनुसन्धानमा देखिएको हो।

कम्प्युटर विज्ञानका प्रोफेसरको नेतृत्वको टोलीले गरेको अनुसन्धानमा गुगलले प्राप्त गरेको विवरणहरुमा आफ्ना प्रयोगकर्ताहरुलाई जानकारी नदिने गरेको खुलेको हो। एन्ड्रोइड प्रयोगकर्ताका ग्रहाकले पूरै निस्क्रीय रहेको अवस्थामा पनि २४ घण्टामा गुगललाई आफ्ना नौ सयभन्दा बढी विवरणहरु पठाइसकेको हुन्छ। जसमध्ये धेरैजसो स्थानको जानकारीको विवरणहरु हुने गरेको छ। 

अर्कोतर्फ आईफोनबाट एप्पल सर्भरमा पुग्ने गरेको विवरणहरु भने एन्ड्रोइडको तुलनामा १० गुणा कम हुने गरेको उक्त टोलीको अनुसन्धानमा भेटीएको छ। व्यापार संगठन डिजिटल कन्टेक्स्ट नेक्समा प्रकाशित भए अनुसार एन्ड्रोइडको प्रयोग  खतरानक हुने विवरण सार्वजनिक गरेको छ। केही समयअघि पनि गुगलले अफलाइन भएको अवस्थामा पनि प्रयोगकर्ताहरुको डाटा संकलन गरिरहेको रिपोर्ट सार्वजनिक भएको थियो।

गुगलले आफ्ना प्रयोगकर्ताहरुबाट लिएको तथ्यहरु विज्ञापनदाताहरुलाई आकर्षित गर्नका लागि प्रयोग गर्ने गरेको छ। सन् २०१८ को सुरुवाती तीन महिनामा अल्फबेट कम्पनीले हासिल गरेको राजस्वको ८५ प्रतिशत गुगलको विज्ञापनबाट आएको थियो। यस्तोमा गुगल आफ्नो विज्ञापनको बजार विस्तारको क्रममा अघि बढिरहेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ