arrow

रंगेलीमा अब सिभिल इन्जिनियरिङ्ग पढाई हुने

logo
किरण न्यौपाने,
प्रकाशित २०७५ भदौ ९ शनिबार
civil.jpg

रंगेली । मोरङको पूरानो सदरमुकाम रंगेली स्थित रहेको पब्लिक उच्च माध्यमिक विद्यालयमा  डिप्लोमा सिभिल इन्जिनियरिङ्ग पठाई हुने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सि.टी.ई.भी.टी) को सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टी.ई.सी.एस) कार्यक्रम र साझेदार शिक्षण संस्थामा प्राविधिक शिक्षा कार्यक्रम अन्र्तगत पब्लिक उच्च माविले स्वीकृत पाए संगै ३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ्ग पठाई हुने भएको हो ।

 प्राविधिक शिक्षा अन्र्तगत सिभिल इन्जिनियरिङ्गको स्थानिय स्तरमै पठाई हुने भएसंगै दक्षिर्णपुर्वी मोरङ्गका स्थानिय अभिभावकहरु उत्साहित भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद्ले प्राविधिक शिक्षाको विकास, विस्तार र पहुच लाई मध्यनजर गरी श्रावण २८ गते बसेको बैठकले प्रदेश नं.१ का ७ वटा शिक्षण संस्थाहरुलाई प्राविधिक शिक्षा अध्यापनका लागी स्वीकृत गरेका छ । जस अन्र्तगत मोरङ्गमा पब्लिक उच्च मावि र आर्दश उ.मा.वि विराटनगर छनौट भएका हुन् ।

पब्लिक उच्च माविका प्रार्चाय विरेन्द्र कुमार साहका अनुसार यसै शैक्षिक सत्र बाट ३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ्ग तर्फ ४८ जना विद्यार्थी छनौट गरी पठन पाठन शुरु गरिने बताए । उनले कक्षा सञ्चालनका लागी विभागले २ जना शिक्षक र २६ लाख रुपैया सहयोग गर्ने समेत जनाकारी दिए ।

यता रंगेली नगरपालीकाका मेयर दिलिप वगडीयाले पब्लिक माविमा डिप्लोमा सिभिल इन्जिनियरिङ्ग विषयको कार्यक्रम ल्याउन सफल भएको बताउदै प्राविधिक शिक्षा अब स्थानिय विद्यार्थीहरुको पहुचमा समेत हुने बताए । उनले छिटो भन्दा छिटो यसै वर्ष देखी भएकै संरचनामा कक्षा सञ्चालन गरिने वातावरण मिलाउन लागेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ