दैलेख। नेपाली काँग्रेसदैलेखको १३ औं जिल्ला अधिवेशनमा संस्थापन पक्षको हावी देखिएको छ। क्षेत्रीय अधिवेशनको क्रममा दैलेखका २ क्षेत्रमा शान्तपूर्वक निर्वाचन सम्पन्न थियो भने दुवै निर्वाचनबाट २२ महाधिवेशन प्रतिनिधि, १०–१० जना जिल्ला कार्यसमितिका सदस्य र विभिन्न ३ पदाधिकारी समेत १२–१२ जनाको कार्यसमिति निर्वा्चित भएका छन्।
महाधिवेशन प्रतिनिधिहरु कर्णबहादुर शाही, कृष्णकुमार बीसी, खेमराज केसी, गणेशबहादुर खड्का, जगतजंग थापा, मणिराम रेग्मी, बासना थापा, मोहनमाया प्याकुरेल, हिक्मतबहादुर बिक, लक्ष्मण गुरुङ्ग र गणेशबहादुर बोगटी निर्वा्चित हुनुभएको छ।
त्यसैगरी क्षेत्र नं. २ बाट हिमबहादुर शाही, दिक्पालबहादुर शाही, भूपेन्द्रबहादुर महत, भूपेन्द्रबहादुर शाही, मधुरबिक्रम खनाल, रंगबहादुर शाही, रीता शाही, सुमित्रा शाह, आग्ने सार्की, सीता कुमारी राना र गणेशबहादुर माझी महाधिवेशन प्रतिनिधिमा जित्नुभएको छ।
सो पार्टीको विधान अनुसार जिल्ला कार्यसमितिमा निर्वा्चित हुने १०–१० जना जिल्ला कार्यसमितिका सदस्यहरु क्षेत्रीय अधिवेशनबाट चुनिनुभएको छ। क्षेत्र नं. १ बाट कर्णबहादुर खत्री, कर्णबहादुर शाही, झलक भण्डारी, टेकबहादुर कटुवाल, तीर्थबहादुर बुढा, सावित्री रेग्मी, सीता ज्ञवाली, रेशमबहादुर बिक, गणेश श्रेष्ठ र रणबहादुर कार्की निर्वा्चित हुनुभएको छ।
क्षेत्र नं. २ बाट जिल्ला कार्यसमिति सदस्य पदमा किरण भण्डारी, इश्वर बिष्ट, कलम नेपाली, गणेशबहादुर शाही, जयबहादुर पुन, धीरेन्द्र सापकोटा, बसन्ता थापा, बिन्दू शाही, भक्तिप्रसाद उपाध्याय र रत्नबहादुर शाही समेत १० जनाले जित्नुभएको छ।
यसैगरी क्षेत्रीय कार्यसमिति तर्फको निर्वाचनमा दैलेख क्षेत्र नं. १ मा सभापतिमा गणेशप्रसाद उपाध्याय निर्वा्चित हुनुभएको छ भने सचिव पदमबहादुर मल्ल, कोषाध्यक्ष केशवबहादुर शाही र ९ जना सदस्यहरु भक्तबहादुर रावत, रामबहादुर बुढा, खगेन्द्रबहादुर थापा, खड्ग बीसी, गंगबहादुर शाही, दत्तप्रसाद जैसी, नबिनकुमार शर्मा, पदमबहादुर सुनार र शेरबहादुर रावल निर्विरोध चयन हुनुभएको थियो।
क्षेत्रीय अधिवेशनले दैलेख क्षे नं. २ का सभापति पदमा घनश्याम भण्डारी, सचिव खगेन्द्रबहादुर शाही, कोषाध्यक्ष पदमा कल्पना अधिकारीलाई निर्वा्चित गरेको छ। क्षेत्रीय कार्यसमितिका बाँकी ९ सदस्यहरुमा नैनबहादुर शाही, जीवराज गौतम, गगन शाही, सीता बिक, पूर्ण खनाल, रुद्र तिमिल्सेना, मिठू कार्की र चक्रबहादुर शाही चुनिनुभएको छ। माघ २५ गतेको जिल्ला अधिवेशनमा सभापति, सचिव र कोषाध्यक्षको निर्वाचन गर्न केहि कमी भएकोले उक्त दिनमा मनोनयन दर्ता गरेर २६ गते निर्वाचन गर्ने भनिएकोमा नेपाली काग्रेसका सभापति शुसिल कोईरालाको निधनले स्थगित भएको निर्वाचन यहि फाल्गुण ७ गते गर्ने नेपाली काग्रेस जिल्ला निर्वाचन आयोगले एक सुचना प्रकाशित गरिएको छ।
जिल्ला सभापतिमा संस्थापन पक्षका मणीराम रेग्मी र कृष्ण कुमार वि.सि.को उम्मेदवारी परेको छ भने प्रजातान्त्रिक पक्षका हिम वहादुर शाहीको उम्मेदवारी परेको छ। संस्थापन पक्षबाट आधिकारीक उम्मेदावार मणीराम रेग्मी भएको पुर्व स्थानीय राज्यमन्त्रि गणेश वहादुर खड्काले वताउनु भएकोछ। केहि दिन यता निर्वाचनका विषयलाई लिएर नेपाली काग्रेस जिल्ला शाखा भित्र केहि मनमुटाव वढेको पाईएको छ।
जिल्ला अधिवेशनमा पनि ४९ गाविस र २ नगरपाविकाबाट छनौट भई आएका करिब ६ सय प्रतिनिधिहरुले मतदान गर्न पाउनेछन्, क्षेत्रीय अधिवेशनमा पनि उनीहरुले नै मतदान गरेका थिए।