arrow

चीनमा मोबाइल पेमेन्टमा रुची, अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतको वृद्धि

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
china-mobile-payment.jpg

एजेन्सी। मोबाइलबाट भुक्तानी गर्नेको संख्या सन् २०१८ को दोस्रो त्रैमासिकमा चनिमा उल्लेख्य वृद्धि भएको छ। चीनको केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार मोबाइल भुक्तानीमा मानिसहरुको आकर्षण बढ्दै गएको देखिएको हो। दोस्रो त्रैमासिक अवधिमा चीनमा १४ अर्ब ९२ करोड मोबाइल  पेमेन्ट भएको केन्द्र बैंकले जनाएको छ। 

सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा प्राप्त भएको मोबाइल पेमेन्टको परिणाम अघिल्लो वर्षको सोही अवधिमा तुलनामा ७३ प्रतिशतले वृद्धि भएको हो। पिपुल्स बैंक अफ चाइना अनुसार, तीन महिनाको अवधिमा चीनमा मोबाइलको माध्यमबाट ६ सय २८ खर्ब युआनबराबरको कारोबार भएको छ। मूल्यको हिसाबमा भने यो नतिजा वार्षिक रुपमा ६० प्रतिशतको वृद्धिदरले बढेको हो। 

चीनको अनलाइन पेमेन्टको उद्योग पनि तीव्र गतिमा अघि बढिरहेको छ। पछिल्लो केही समययता अनलाइन भुक्तानीमा पनि व्यापक सुधार आइरहेको छ। विशेषगरी स्मार्टफोनको व्यापार फस्टाएसँगै मोबाइल भुक्तानीको प्रभावमा पनि उल्लेख्य सुधार आएको देखिएको हो।

बैंक बाहेकका आर्थिक संस्थाहरुको अनलाइनको भुक्तानीमा सो अवधिमा वार्षिक हिसाबमा ५३ दशमलव ३५ प्रतिशतको वृद्धि भएको छ। यससँगै यो क्षेत्रको समग्र कारोबार ४ सय ८२ खर्ब युआनमा पुगेको छ। यसले अनलाइन कारोवारको हिसाबमा चीन बलियो अवस्थामा रहेको पाइएको हो। 

इन्टरनेट तथा प्रविधिको क्षेत्रमा व्यापक सुधारको गतिमा अघि बढिरहेको चीन यस क्षेत्रको थप विस्तारका लागि केही योजनाहरु ल्याउने क्रममा रहेको छ। साथै चिनियाँ स्मार्टफोनको व्यापार पनि फस्टाउँदो क्रममा रहेको छ। जसले मोबाइल कारोवारको लागि सहयोग पुग्नसक्ने बैंकको आँकलन छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ