arrow

नेपाल विद्यार्थी संघ न्यू मेक्सिको च्याप्टरले पायो पूर्णता

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
new-maxico.jpg

अमेरिका । नेपाल विद्यार्थी संघ अमेरिकाले आफ्नो स्थापना देखि नै अमेरिकामा रहेका तथा नेपालबाट बर्षेनी अमेरिका पढ्न आउने विद्यार्थीहरूलाई सहयोग गर्दै आइरहेको छ । यस्ता सहयोगहरूलाई अझै विस्तारीत रूपमा अगाडी बढाउनका लागी नेपाल विद्यार्थी संघ अमेरिका शाखाले विभिन्न राज्यहरूमा आफ्नो सङ्गठन बिस्तार गर्ने काम गरिरहेको छ ।

यसै क्रममा, नेपाल विद्यार्थी संघ अमेरिका शाखा अन्तर्गत न्यू मेक्सिको च्याप्टरले नवीन पाण्डेको अध्यक्षतामा सात सदस्यीय कमिटी गठन गरेको छ । उक्त कमिटीले  न्यू मेक्सिको राज्यमा रहेका मुख्य चार वटा विश्वविद्यालयहरू युनिभरसिटि अफ न्यू मेक्सिको, न्यू मेक्सिको स्टेट युनिभरसिटि, न्यू मेक्सिको हाइल्याण्ड युनिभरसिटि, न्यू मेक्सिकोमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई एकत्रित गर्दै विद्यार्थीका समस्याहरू आपसी सहयोगद्वारा सुल्झाउने तथा नयाँ आउने नेपाली विद्यार्थीहरूका लागी विमानस्थल देखि विश्व विद्यालयसम्म लैजाने, नेपाली समुदायसँग घुलमिल हुन मदत गर्ने तथा अन्य सहयोगका कामहरू गर्ने कुरा उक्त कमिटीका सचिव कुशल कंडेलले बताए ।

यही शुक्रवार नेपाल विद्यार्थी संघ अमेरिकाका प्रवक्ता त्रिभुवन पाण्डेको अध्यक्षतामा बसेको बैठकले समितिलाई पूर्णता दिएको हो । उक्त बैठकले  सचिवमा कुशल कंडेल, कोषाध्क्षमा सम्राट् अधिकारी तथा  सदस्यहरूमा अनि श गौतम, निराजन जोशी,  सोनल निरौला तथा सफल पौडेललाई नियुक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ