काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा अधिकांश सांसदले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरेका छन् ।
उनिहरुले श्रम कानूनको कार्यान्वयन, महँगी नियन्त्रण, दोहोरो कर असुलीको अन्त्य र रौतहटको लालबकैया नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका नागरिकको खोजी गर्न ध्यानाकर्षण गराए ।