arrow

गाईजात्रा विशेषः माकुनेले पूर्वराजालाई भने –दाम चढाउन पाइन सरकार !

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
x-king-gyanendra-makune.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल माकुनेले राजा नहुँदा दाम चढाउन नपाएको गुनासो गरेका छन् ।

०५८ सालमा राजा वीरेन्द्र शाहको बंश नाश हुने गरी राजदरबार हत्याकाण्ड भएपछि राजा बनेका ज्ञानेन्द्र शाहलाई पहिलो दर्शनका बेलामा दाम चढाएपछि आलोचित बनेका माकुनेले फेरि पनि दाम चढाउन नपाएको गुनासो गरेका हुन् । 

पार्टीभित्र उचित भूमिका नपाएपछि मुर्मुरिएका माकुनेले राजसंस्था भइदिएको भए आफ्नो सम्मान हुने धारणा राखेका छन् । उनले पूर्वराजालाई भेटेर फेरि देशमा राजसंस्थाको मुकुट सम्हाल्न आग्रह गरेका छन् । 

गाईजात्रे विशेषमा माकुने र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भएको वार्ताको यो मुख्य अंश –
माकुने – दर्शन गरें (दाम चढाउन खोज्दै) । 
पूर्वराजा – ठीक छ बुझें । 

माकुने – हजुरलाई दर्शन गर्न नपाएर निकै गार्हो भएको छ। 
पूर्वराजा – ए हो बुझें । 

माकुने – वर्तमान परिप्रेक्षमा हजुरको अभाव खड्कियो । पार्टीमा पनि राम्रो सम्मान पाइएन । हजुरले नै केही गर्नुपरो। 
पूर्वराजा – ए हो ठीकै छ । 
माकुने – हो सरकार ! सरकारले अब श्रीपेजको रक्षा गर्नुपरो । 

...........

पूर्वराजा – खोइ कहाँ गयो श्रीपेच ? सुरक्षित राखेका हौला नि । मेरो आदेश त पालना भएको होला नि ?
माकुने – छ सरकार छ । सुरक्षित नै छ । जंगलीले लुट्लान् कि भनेर सुरक्षित राखेका छौं । विदेशीले हत्याउला भनेर लुकाएका छौं । अरुलाई राजा बन्ने लोभ जाग्ला भनेर लुकाएका छौं । 

पूर्वराजा – ल ठीक छ । बुझें । के ‘हामीका’ लागि राखेकै हो त ? 
माकुने– हो सरकार हो । अरुलाई त श्रीपेच लगाउने बानी छैन । 

पूर्वराजा – तिमीमा यत्रो मोह किन आयो ‘हामीका’ लागि श्रीपेज दिने ? 
माकुने – देश खत्तम पारे । मैले पनि मौका पाइन । सरकारलाई दाम चढाउने ठूलो रहर छ । 

पूर्वराजा – अनि दरबार हत्याकाण्डका बेलामा त छानबिन समितिमा बसेनौ त ? 
माकुने – बस्ने तीव्र इच्छा थियो । बस्छु पनि भनेकै हो । फेरि हाम्रै साथीहरुले तत्कालै सरकारमा जाने भयो भन्ने रिस गरे त्यसैले ‘ब्याक’ भएको हुँ सरकार । सरकारको आस्था नभएको भए किन दाम चढाउँथें र । 

पूर्वराजा – बुँझें । तिम्लाई चिन्छु म । मैले शाहीकाल लगाउँदा पनि त तिमी प्रधानमन्त्री बन्न खोज्या थियौ नि ।
माकुने – थिएँ सरकार थिएँ । प्रधानमन्त्रीका लागि निवेदन नै हालेको हुँ नि दरबारमा । 

पूर्वराजा – गिर्जाहरुले पनि तिम्लाई प्रधानमन्त्री बनाउन सिफारिस गर्या थे नि ? 
माकुने – हो सरकार हो (ङिच्च हाँसेर) । मेरो तीव्र चाहनालाई साथीहरुले बुझेका थिए । सरकारसंग म नजिक भएको उनीहरुले सुइँको पाएका थिए । 

पूर्वराजा – अनि यसरी नै अगाडि बढ्छौ त ? 
माकुने – हैन सरकार । पार्टीभित्र बेथिति छ । त्यसले गर्दा गुट उपगुट बढेका छन् । टुक्रियो भने केपी ओलीको दम्भ सक्केला अनि सरकार नै अगाडि गैबक्सन पर्छ । 

पूर्वराजा – संघीयता लगाएर के गर्या त ? 
माकुने – सरकार आए’सी प्रदेश प्रमुखलाई अञ्चलाधीश बनाम्ला नि सरकार । 

पूर्वराजा – कर लगाएर के गर्या त ? 
माकुने – तर्साको सरकार । सरकारलाई स्वागत गर्ने मेसो बनाएको सरकार । 

पूर्वराजा – साँच्चै हो के ? 
माकुने – (निहुरिएर) हो सरकार । सरकारलाई बाटो बनाउँदै गरेको  । 
...........

माकुने – सरकारले कहिले कदम चालिबक्सन्छ ? 
पूर्वराजा – समय आएपछि । 

माकुने – कहिले सरकार ? 
पूर्वराजा – समय आएपछि । 

माकुने – साइत छिट्टै निकाल्न पर्यो सरकार । 
पूर्वराजा – यति छिट्टै अघायौ र ? देशलाई अझ दुर्गतिमा लैजाउ । जनताले धित्कारेपछि बल्ल आउँला । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ