जुरिच (स्वीट्जरल्यान्ड)। युरोपिएन युनियन अफ फुटबल एसोसिएसन (यूईएफए) का पूर्व प्रमुख मिसेल प्लाटिनी आफूमाथि फुटबलको इथिक्स कमिटीले लगाएको आठ वर्षे प्रतिबन्ध जायज नभएको भन्दै यसमा पुनःविचार होस् भनी फिफा मुख्यालयमा सोमबार पुगका छन् । प्लाटिनीमाथि खेल अनुशासनको उल्लङ्घन गरेको भन्दै फिफाको इथिक्स कमिटीले केही समय अगाडि आठ वर्षका लागि सम्पूर्ण खेलबाट प्रतिबन्ध लगाएको थियो ।
जुरिचमा सञ्चारकर्मीमाझ प्लाटिनीले उनि यो लडाइ आफ्नो भविष्यका लागि नभएर उनिमाथिको अन्यायविरुद्ध सङ्घर्ष गरेको बताएका छन् । फिफाका न्यायाधीशले गएको डिसेम्बरमा प्लाटिनीलाई फुटबलका सबै गतिविधिमा आठ वर्षका लागि सहभागी हुन नपाउने भनी फैसला सुनाएको छ । प्लाटिनीमाथि फिफाका पूर्व प्रमुख सेफ ब्लाटरबाट २० लाख स्वीस फ्रेङ्क अनियमित रुपमा लिई भ्रष्टाचार गरेको आरोप छ ।एएफपी